s

६० हजार लिएर बेपत्ता

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ह्यापी नेपाल इम्प्लोएमेन्ट म्यानपावरका कर्मचारी लोकेन्द्र श्रेष्ठले ६० हजार लिएर बेपत्ता भएको पीडितले गुनासो गरेकी छन् । चोकमागु २ की विष्णुकुमारी तुम्बापोलाई मलेसिया पठाइदिने भन्दै ६० हजार उम्काएर श्रेष्ठ बेपत्ता भएपछि उनी विचल्लीमा परेकी हुन् । आफू काठमाडौंमा रहे पनि वैदेशिक रोजगारी मिलाउन बसेकाले रकम पठाइदिन भनेपछि पीडितले पटक पटक गरी उक्त रकम पठाएको बताएकी छन् । उनले दस हजार, तीस हजार र २० हजार पठाएको बताइन् । रकम बुझेपछि श्रेष्ठ सम्पर्कविहीन भएका छन् । 

आफूले काम गर्ने म्यानपावरको फिदिममा शाखा रहेको र भनेकै अनुसारको काममा विदेश पठाउने गरेको बताएर पैसा लिएको तुम्बापोको दाबी छ ।

Published on: August 2012 | Kantipur

Back to list

;