s

६० हजार गोर्खा सैनिकको सामूहिक काजकिरिया

बि्रटिस साम्राज्यका पक्षबाट लड्दा ज्यान गुमाएका ६० हजारभन्दा बढी गोर्खा सैनिकको एकसाथ काजकिरिया गरिने भएको छ । गोर्खा भूतपूर्व सैनिक संघ -गेसो) ले मंसिर ५ देखि ३ दिन स्याङ्जा फेदीखोला-८ स्थित साल्मेडाँडामा उक्त कार्यक्रम राखेको हो । 

'दुई विश्वयुद्ध र अन्य क्षेत्रीय युद्धहरूमा ६० हजारभन्दा बढी गोर्खा सैनिक मारिए तर बि्रटिस साम्राज्यले न तिनका परिवारलाई राहत दियो, न उनीहरूको सम्मानमा केही काम गर्योि,' राजधानीमा हालै आयोजित पत्रकार सम्मेलनमा गेसोका सभापति पदमबहादुर गुरुङले भने, 'तिनै बेवास्ता गरिएका सैनिकहरूको भडकिरहेको आत्मालाई स्वर्ग तार्न सामूहिक काजकिरिया गर्न लागिएको हो ।' 
 
युद्धमा गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, तामाङ, शेर्पा, नेवार, बाहुन, क्षेत्री, दलित, दुरा, थकाली, याक्खा, ठकुरी, भुजेललगायत जातिका लाहुरे मारिएका थिए । सम्बन्धित जातिका धर्मगुरुबाट उनीहरूको सामूहिक काजकिरिया गराइने छ । त्यस कार्यक्रममा विभिन्न देशका अधिकारकर्मीसमेत उपस्थित हुनेछन् ।
 
Published on: 21 November 2012 | Nagarik

Back to list

;