s

६ महिनादेखि अफ्रिकाको टोगोमा अलपत्र ६ नेपालीको उद्धार

विजय थापा
 
दलालले अमेरिका पठाउँछु भनेर अफ्रिको टोगोमा पु¥याएर अलपत्र पारेका ६ जना नेपालीको उद्दार भएको छ ।
 
अमेरिका पुर्‍याउने भनेका दलालले पश्चिमी अफ्रिकास्थित टोगो देशमा अलपत्र पारिएका ६ जना नेपालीहरुको ६ महिनापछि उद्धार भएको हो । उद्धार गरिएका महेश्वर आचार्य, कमल बहादुर धर्ती, मीनबहादुर श्रीस पुन, अशोक पौडेल, जीवन श्रेष्ठ र सोनामछिरी शेर्पा घर पठाइएको छ । उनीहरू अप्रिल १ तारिखमा दिल्ली हुँदै नेपाल पुग्ने छन् ।
 
उनीहरु गत हप्ता नाइजेरियास्थित एनआरएनए कोषाध्यक्ष हिक्मत थापासँग सम्पर्कमा आएपछि सहयोगका लागि पहल भएको थियो ।उनीहरुको राहदानी समेत दलालले राखेको र अन्त्यन्तै कष्टका साथ उनीहरुलाई गत ६ महिनादेखि पश्चिमी अफ़्रिकी मुलुक टोगोमा राखिएको थियो ।
 
थापाले उनीहरुको उद्धारका लागि चासो राखी दिएकोमा नेपाल सरकार, परराष्ट्र मन्त्री, ट्राभल डकुमेन्ट लगाएतको सहयोगको लागि दक्षिण अफ्रिकास्थित नेपाली राजदूत अमृतबहादुर राई, बिष्णु गौतम र दूतावास परिवार, एनआरएनए सचिब डीबी क्षेत्री , एनआरएनएकी वैदेशिक रोजगार अधिकृत स्वेच्छा घिमिरे, एनआरएनए सचिबालय काठमाडौं, एनआरएनए नाइजेरिया परिवारलाई हार्दिक आभार ब्यक्त गरेका छन् ।
 
Published on: 1 April 2018 | onlinekhabar

Back to list

;