s

६ देशमा श्रम सहचारी नियुक्त

श्रम तथा रोजगार मन्त्रालयले नेपाली कामदार रहेका ६ वटा मुलुकमा श्रम सहचारी नियुक्त गरेको छ । श्रम हेर्ने गरी दक्षिण कोरियाको काउन्सिलरमा डिल्लीराम बाँस्तोला र मलेसियाको काउन्सिलरमा बद्रीकुमार कार्की नियुक्त भएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा मोतीराम भुसाल, ओमनमा कृष्णाकुमारी गौली, कुवेतमा ज्ञानेन्द्र शर्मा र साउदी अरबको जेद्दामा राजु कुँवर श्रम सहचारी नियुक्त भएको जानकारी श्रम मन्त्रालयले दिएको छ ।
 
काउन्सिलरमा उपसचिवस्तरका र सहचारीमा अधिकृतस्तरका कर्मचारी नियुक्त हुने व्यवस्था छ । श्रम मन्त्रालयका अनुसार काउन्सिलर र सहचारी नियुक्ति तथा छनोटसम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ को मूल्यांकन प्रक्रियाबमोजिम प्राप्तांकका आधारमा उनीहरूलाई नियुक्त गरिएको हो । यसपटक अंग्रेजी भाषालाई उच्च प्राथमिकतामा राख्दै कार्यविधि बनाएर निवेदन माग गरी छनोट गरिएको हो । उनीहरूले दुई वर्षका लागि ती देशमा रहेका नेपाली दूतावासमा वैदेशिक रोजगारीसम्बन्धी विषयमा सहजीकरणको काम गर्नेछन् ।
 
Published on: 28 August 2017 | Kantipur

Back to list

;