s

५४ तिब्बती शरणार्थी पक्राउपछि रिहा

स्वतन्त्र तिब्बतका पक्षमा प्रदर्शनमा उत्रिएका ५८ तिब्बती शरणार्थीलाई ललितपुर प्रहरीले मंगलबार पक्राउ गरी रिहा गरेको छ । 

शरणार्थीले स्वतन्त्रताका पक्षमा तिब्बतमा आत्मदाह गरेका तिब्बती भिक्षुहरूको सम्झनामा पूजा पाठ गरेर प्रदर्शन गरेका थिए । नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धमा आँच आउने गरी प्रदर्शन हुन थालकाले हस्तक्षेप गर्नुपरेको ललितपुर प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयले बताए । 'पूजापाठ मात्रै गरेको भए हस्तक्षेप हुने थिएन, सडकमा आएर प्रदर्शन गरेपछि हस्तक्षेप गर्नुपरेको हो,' उनले भने ।
एकान्तकुनास्थित शिविरका शरणार्थीले मंगलबार भनिमण्डलस्थित चौरमा पूजापाठ र श्रद्धाञ्जलिसभा गरेका थिए । त्यहाँबाट स्वतन्त्र तिब्बरको नारासहित उनीहरू जावलाखेल चोकनजिकै पुगेपछि प्रहरीले सामान्य बल प्रयोग गरी उनीहरूलाई तितरबितर गर्ने प्रयास गरेको थियो । तर प्रदर्शनकारीहरू अघि बढेपछि नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४१ पुरुष र १७ महिला छन् । प्रदर्शनकारीमध्ये केहीले ढुंगामुढासमेत गरेका थिए ।
 
शान्तिपूर्ण भेला भई पूजापाठ गर्दासमेत प्रशासनले हस्तक्षेप गरेको आरोप शरणार्थीले लगाएका छन् । आक्रोशित प्रदर्शनकारीको भीड बढेपछि सशस्त्र प्रहरीसमेत तैनाथ गरिएको थियो ।
 
Published on: 2 November 2011 | Kantipur

Back to list

;