s

५३ म्यानपावर कारबाहीमा

तुलसी सुवेदी

 

काठमाडौं : नक्कली कागजात बनाई सर्वसाधारणलाई ठगी गर्ने ५३ म्यानपावर कम्पनी कारबाहीमा परेका छन्। वैदेशिक रोजगार न्यायाधिकरणले म्यानपावर सञ्चालकलाई १ लाख जरिबाना र ६ महिना कैद सजाय सुनाएको हो।

न्यायाधिकरणका सूचना अधिकारी दुर्गादत्त लम्सालका अनुसार ती मेनपावरले २०७१ सालमा नक्कली कागजात बनाएर कामदारलाई ठगी गरेको खुलेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल निक प्रेसमा छापा हान्ने क्रममा ती म्यानपावरको कागजात फेला पारेको थियो।

प्रेसमा भेटिएका कागजात आधारमा वैदेशिक रोजगार विभागका कर्मचारीको पनि मिलेमतो हुनसक्ने भन्दै आयोगले गम्भीर अनुसन्धान गरेको थियो। २०७४ देखि पेन्डिङमा रहेको मुद्दा असारदेखि न्यायाधिकरणले प्रक्रियामा लगेको थियो। रोजगार सम्झौता, मागपत्र, श्रम स्टिकरलगायत कागजात नक्कली बनाएर ठगी गरेको न्यायाधिकरणले ठहर गरेको हो।

प्रेस सञ्चालक शेरबहादुर महर्जनलाई भने आधा सजाय तोकिएको छ। ‘उताको प्रक्रिया पूरा भएपछि असारबाट मुल्तबी (पुनःजगाएर) फैसला गरिएको हो।’ न्यायाधिकरण उच्च स्रोतले भन्यो। एउटा केडियन आउँदा पनि फोटोकपी गरेर धेरै बनाउने, एउटा भिसाको नम्बरमा धेरैको श्रम स्वीकृति निकाल्ने गरेको पाइएको थियो । श्रमविज्ञ पूर्णचन्द्र भट्टराई भन्छन्, ‘अनलाइन प्रणाली र दूतावासबाट प्रमाणीकरण प्रक्रिया सुरु भएपछि नक्कली कागजातमा पठाउने क्रम रोकिएको छ’ उनले भने, ‘म्यानपावर व्यवसायीको गन्तव्य मुलुकमा पहुँच हुँदैन। बिचौलियाबाट डिमान्ड किनेर कमिसनका नाममा जथाभावी कागजात बनाएर ठगी गर्थे।’

कारबाहीमा परेका म्यानपावर

डिलक्स ह्युमन रिसोर्स, गल्फ इनोभेसन, गल्फ म्यानेजमेन्ट, साउदी नेपाल इम्पोइमेन्ट, लिबर्टी, मर्साक कम्पनी, मेरीगोल्ड, मोबिरा ओभरसिज, आरएनआर ग्लोबल जब, आरके म्यानपावर, सार्क मेनपावर, पर्फेक्ट म्यानपावर, सिग्नल ओभरसिज, स्वस्तिक, स्टार रे, जस्मिन म्यानपावर, एस इम्प्लोइमेन्ट, अञ्जली ओभरसिज दीप गेट वे, सिटिजन ओभरसिज, इम्पाएर इन्टरनेसनल, मादी ओभरसिज, लक्की ओभरसिज, प्रदेशी ओभरसिज, पर्फेक्ट, स्वस्तिक ओभरसिज, मिराकल ओभरसिज, ड्रिम एन्ड गाइड, सलमानी ओभरसिज, एमकन ओभरसिज, जब सर्च, अल नासिर, योङ ओभरसिज, ट्र्याक अनएसपीएम, अरोरा ह्युमन रिसोर्स,

नाइल इन्टरनेसनल, रिजन ओभरसिज, बेस्ट वे, पियर इन्टरनेसनल, जीएस इम्प्लोयमेन्ट, रारा इम्प्लोयमेन्ट , फ्युचर लिंक इन्टरनेसनल, अल ह्यात, गल्फ म्यानजमेन्ट, युरोटेक प्रालि, आस्था इन्टरनेसनल, एनवी इन्टरनेसनल , वाटर ह्युमन रिसोर्स, एबीसी प्लेसमेन्ट, ग्रान्ड ओभरसिज, कालिञ्चोक म्यानपावर ।

Published on: 4 March 2022 | Annapurna Post

Link

Back to list

;