s

५१ मानव तस्करको सूची सार्वजनिक

होम कार्की

संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले भिजिट भिसाको माध्यमबाट अवैध रूपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ ।

दूतावासले उनीहरूलाई कारबाही पनि सिफारिस गरेको छ ।सार्वजनिक सूचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने व्यक्तिसमेत छन् । अवैध रूपमा घरेलु कामदारका रूपमा र काम खोज्दै भिजिट भिसामा लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमा दूतावासले दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको हो । पीडित कामदारमा ३३ महिला र ३८ पुरुष कामदार छन् । पीडितलाई उद्धार गरिएको छ । भिजिट भिसामा जाने कामदारले दलाललाई ३ लाख रुपैयाँसम्म बुझाएका थिए ।

पछिल्लो समय यूएईमा रहेका दलालले नेपालका ट्राभल एजेन्सीसँग मिलेर आकर्षक जागिर दिलाउने नाममा भिजिट भिसामा कामदार ल्याउने र अलपत्र पार्ने प्रवृत्ति बढेकाले दलाललाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइएको दूतावासका प्रवक्ता कृष्ण अर्यालले बताए । दूतावासले अवैध रूपमा मानव तस्करी गर्ने भनेर नाम तोकेकामध्ये २६ जना यूएईमा छन् । बाँकी भारत र नेपालमा छन् । 

यूएईमा रहनेमा राजीव मल्ल, केशव शिवाकोटी, रेणु शिवाकोटी शाह तेली, ईश्वर श्रेष्ठ, टंक सुवेदी (क्यापिटल रिक्रुटमेन्ट सर्भिसेस), सुनीता थापा, राकेश खडायत, कुवेर रानाभाट, हरिशरण दास (भिक्टोरिया म्यानपावर), पुष्कर कार्की, देवेन्द्र गौतम, भक्तिराम कोइराला (स्विस टेक्निकल सर्भिस), राजकुमार लामा, रामकृष्ण थापा मगर, रामेश कुँवर, प्रवीण नरसिंह राना (पान्डोरम इन्टरनेसनल), पीताम्बर पराजुली, प्रजिल पराजुली, साजन पाण्डे, प्रताप लिम्बू, इसराफुल शाह (उम अल क्विन), लक्ष्मण परियार, नरबहादुर (निसान) घले, सुष्मा श्रेष्ठ (अजमान) र रोजन मगर (सुब्बा) छन् ।

त्यस्तै नवीन भट्टराई (भारत), राजकुमार लिम्बू, श्याम लामा, हर्के तामाङ, प्रेम खड्का, विष्णु तामाङ, बाबुराम लामा, लक्ष्मी शेर्पा, जिमि गुरुङ, डिल्लीमान तामाङ (काठमाडौं), ङिमा शेर्पा, कृष्णबहादुर गुरुङ, कमला तामाङ (झापा), रमा तामाङ, इसान खत्री (रामेछाप), विना खरेल (मोरङ), हेमकुमारी विक (झापा), रतन लिम्बू, कल्पना राई, कर्पु तामाङ, कला राई, भीमबहादुर सुनार, सोनाम लामा (सिन्धुपाल्चोक), मास्टर थिङ, भीम थिङ, भीम तामाङ (मकवानपुर), निमा शेर्पा (इलाम), साइँला तामाङ र सुजन भण्डारी, विष्णु परियार (बुटवल), रानी राई (दमक), विवेक श्रेष्ठ र सुभाष श्रेष्ठ (अन्नपूर्ण ट्राभल) छन् ।

प्रवक्ता अर्यालले उनीहरूलाई कारबाहीका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए । अवैध रूपमा कामदार ओसारपसार गर्ने व्यक्तिलाई कारबाही नहुँदा आफूहरू ठगिएको पीडितहरूले बताएका छन् ।

झन्डै डेढ महिनामा मात्रै ३३ महिला दूतावासमा आश्रय लिन पुगेका छन् । उनीहरूलाई भिजिट र क्लिनर भिसामा घरेलु कामका लागि यूएई पुर्‍याएको थियो । त्यसरी पीडित भएर पुग्नेमा सविता तामाङ, कुमारी गुरुङ, मञ्जु नेपाली, अनु माझी, मीना विक, विमला तामाङ, सविना लिम्बू, डोमा तामाङ, सुकुमाला लामा, कौशिला राजवंशी, मनसरा बुढामगर, शोभा मुसहर, मीना अधिकारी, दिलमाया कार्की, मलिना श्रेष्ठ, कमला नेपाल, रितु दनुवार, पेमा भोलन, जसुछा चेम्जोङ, शान्ति लिम्बू, सान्चे तामाङ, आइतीमाया तामाङ, कान्छीमाया तामाङ, बिना खरेल, सम्झनामाया थिङ, संगीता पाण्डे, गंगा सुनुवार, आइतीमाया नेपाली, गीता राई, संगीता थापा, मीना तामाङ, सुमी राई र सविना तामाङ छन् ।

Published on: 5 September 2017 | Kantipur

Back to list

;