s

‘५ वर्षमा वैदेशिक रोजगारी अन्त्य’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ५ वर्षभित्रमा वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यका साथ काम भइरहेको बताएका छन् ।
 
‘लाखौं खर्च गरेर विदेशमा गएर २० हजारको महिना आर्जन गर्नुभन्दा स्वदेशमा नै रोजगारी गर्ने उचित अवसर आइसकेको छ,’ उनले भने, ‘स्वदेशमा नै १६ हजार ५ सय न्यूनतम पारिश्रमिकको व्यवस्था भइसकेकाले विदेशमा श्रम पसिना खर्चेर २० हजार आर्जन गर्नुको औचित्य भएन ।’ अब मजदुरले मुलुकका उद्योगहरूमा औद्योगिक वातावरण बनाइराख्नुपर्ने उनले बताए ।
 
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मंगलबार विराटनगरमा आयोजना गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तथा रोजगार क्षेत्रका चुनौती विषयक अन्तरक्रियामा उनले 
 
मजदुरहरूको न्यूनतम पारिश्रमिक वृद्धि भइसकेकाले अब उद्योगको उत्पादन बढ्ने गरी काम गरेर देखाउने अवस्था आएको बताएका हुन् ।
 
मन्त्री विष्टले मुलुकभरका उद्योगहरूलाई दीर्घकालीन रूपमा टिकाइराख्न सरकार गम्भीर रहेको बताए । मुलुकमा अहिले सरकार, रोजगारदाता र मजदुरबीच रहेको सुमधुर सम्बन्धलाई टिकाइराख्नु आवश्यक भएको उनको भनाइ थियो ।
 
Published on: 1 August 2018 | Kantipur

Back to list

;