s

नेपाली नत्यागी अस्ट्रेयाली नागरिकता !

‘विदेशमा कमाएर स्वदेशमा लगानी गर्छन अर्थात विदेशमै बसे पनि स्वदेशमा योगदान पुर्याकउँछन्, त्यसैले विदेशमा बस्ने नेपालीलाई दोहोरो नागरिकता दिनुपर्छ,’ गैरआवासीय नेपाली (एनआरएन) ले पटक पटक गर्दै आएको माग हो । तर स्वदेशको सम्पत्ति बेचेर विदेशमा घरजम गर्ने नेपालीका लागि राज्यले किन दोहोरो नागरिकता दिने ? अहिले यस्तो प्रश्न पनि उठ्न थालेको छ । आफ्नै देशको मात्र नागरिकता लिएका र खाडी मुलुक गएर लाखौं नेपालीले कमाएको ‘रेमिट्यान्स’ले देशको अर्थतन्त्र चल्ने अनि अस्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपमा बसेर मुलुकका लागि केही नगर्ने व्यक्तिलाई राज्यले दोहोरो नागरिकता दिने ? यो प्रश्न अस्ट्रेलियामा बस्ने नेपाली नागरिकले उठाएका छन् ।

नेपाली सम्पत्ति बेचेर अस्ट्रेलियामा घर किन्ने र नेपालमा केही पनि नभित्र्याउने प्रवृत्ति बढेपछि यहाँका नेपालीले यस्तो आवाज उठाएका हुन् । अस्ट्रेलियामा बस्ने ६ हजार नेपालीले अस्ट्रेलियाको नागरिकता लिइसके पनि नेपाली नागरिकता त्याग्ने पाँच जनामात्रै छन् । बाँकी सबैले दुई देशको नागरिकता राखेर दोहोरो सुविधा लिँदै आएको अन्नपूर्ण पोस्टमा खबर छ ।
‘उनीहरु अस्ट्रेलियामा बसुन्जेल अजी (अस्ट्रेलियाली नागरिक) हुन्छन्, नेपाल पुगेपछि नेपाली । दोहोरो नागरिकतामा उनीहरु कारोबार गर्दै आएका छन् । दोहोरो नागरिकता लिनु नेपाली कानुन अनुसार अपराध हो, त्यसैले पनि यसबारे छानविन हुनुपर्छ,’ सिड्नीमा उच्च शिक्षा अध्ययन गर्न गएका मोरङका निसम बस्नेतले भने । प्रवासमा लाखौ नेपाली अहिले पनि दोहोरो नागरिकता बनाएर बस्दै आएका छन् । अस्ट्रेलियामा नेपाली समुदायको जनसंख्या बढेपछि नागरिकता लिनेको संख्या पनि बढेकेा छ ।

Published on: 8 October 2013 | Annapurna Post 

Back to list

;