s

४० हजारको भिसा प्रभावित हुने, जमघट नगर्न दूतावासको आग्रह

मुकुन्द गैरे

काठमाडौं,फागुन २६ गते । कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले ३५ देखि ४० हजारको हाराहारीमा नेपाली कामदारको भिसा लाग्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।

भिसा लागि सके पछि ३ महिना भित्र त्यस देशमा काम गर्न जाने कामदार प्रवेश गर्ने कानुनी प्रावधान भएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।
भिसाको समय सिमा भित्र प्रवेश नगरे कामदारलाई कालोसूचीमा राख्ने कतारको प्रावधान भएकोले कालो सूचीमा नराख्नको लागि सरोकारवाला निकाय सँग छलफल गरिरहेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

कतार सरकारले कारोना भाईरस (कोभिड १९) कोे संक्रमण फैलन नदिन नेपाली सँगै (१४) देश चीन, बंगलादेश, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाईल्याण्डका नागरिकले मार्च ९ (सोमवार) देखि नै कतार प्रवेश गर्न रोक लगाईएको हो ।

कतार सरकारले आफनो देशमा कोरोना भाइरस फैलिन नदिन यस्तो निर्णय गरिएको जनाएको छ ।नेपालीको लागि रोजगारीको गन्तव्य मानिएको कतारमा चार लाख भन्दा बढी नेपाली कामदार कार्यरत छन् ।

कतारको पछिल्लो निर्णयले विजनेश सँगै भिजिट भिसामा कतार प्रवेश गर्ने पनि प्रभावित हुने देखिएको छ । कतारले आफ्ना देशका नागरिकलाई पनि सकभर बाहिरी मुलुक नजान आग्रह गरेको छ ।

यता कतारले नेपाली कामदार प्रवेशमा रोक लगाए सँगै कतार स्थित नेपाली राजदूतावासले पनि कतारमा कार्यरत नागरिकलाई अत्यावश्यक काममा बाहेक अन्य काममा बाहिर ननिस्कन सूचना जारी गरी आग्रह गरेको छ ।

राजदूतावासले जारी गरेको सूचनामा एक आपसमा कुरा गर्नु पर्दा भरसक भौतिक शरिर भन्दा टेलिफोन इमेलबाट सम्पर्क गर्नुहुन अनुरोध समेत गरेको छ ।

साथै दुतावासले आफनो कार्यालयबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी दिनु परेमा टेलिफोन इमेलबाट सम्पर्क गर्न आग्रह गरेको छ ।

Published on: 9 March 2020 | Gorkhapatra

Link

Back to list

;