s

देश-विदेश : इस्तानबुलबाट हारगुहार

देवेन्द्र भट्टराई

सुरक्षित आप्रवासनमा जोडिएर राष्ट्रिय-अन्तर्राष्ट्रिय अनेक खालका गोष्ठी र परामर्श बैठकमा भाग लिइरहेका बेला टर्कीको इस्तानबुलबाट एक साँझ फोन आयो- 'हामी इस्तानबुलमा बन्धक जीवन बिताइरहेका छौं, हाम्रो जीवन बचाइदिनुपर्योट ।'

सन् २०११ म्ाा टर्कीको इस्तानबुलमा गरिब तथा पछौटे मुलुकका हकमा 'प्लान अफ एक्सन'को सहमति जुटेको बिन्दुबाट पीडितले फोन गरेपछि 'केही त गर्नैपर्ने भयो' भन्ने स्थिति सामुमा उब्जियो । अन्तर्राष्ट्रिय मानव तस्करको सञ्जालमा परेर युएईको दुबई सहर हुँदै इरान, गि्रस भएर टर्कीमा लगेर अलपत्र पारिएका चार नेपालीको कथा-व्यथा रहेछ यो । जिरीका होमबहादुर जिरेल, बुटवलका अच्युत कँडेल, पोखराका राजु परियार र भोजपुरका महेन्द्र कसाइर्ँको यो हारगुहार वैदेशिक रोजगार विभाग हुँदै प्रवासी नेपाली समन्वय समिति र अरु उद्धार केन्दि्रत निकायमा पुगिसकेको रहेछ । तर गतवर्ष चैत तेस्रो साताको यो घटनामा अझैसम्म न कतैबाट गम्भीर सुनवाइ भएको छ, नत सम्बोधन नै ।

'हामी दुबईको होटल ह्यातका कर्मचारी थियौं, त्यहींबाट बंगाली मूलका केही अपरिचित व्यक्तिले धरपकड गर्दै हामीलाई अपहरण गरेर आँखामा कालोपट्टी बाँधिदिए । अपहरणको चार दिनपछि इरान पुर्यायए, त्यहाँबाट गि्रस हुँदै टर्की ल्याएका हुन्', अपहरित चार मध्येका एक होम जिरेलले सुनाए । अन्तर्राष्ट्रिय अपहरणको 'चेन-बिजिनेस'झैं लाग्ने यो कथा अहिले अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आईओएम), अन्तर्राष्ट्रिय रेडक्रससहितको जानकारीमा पुगिसकेको रहेछ । तर अपहरित चार युवाको उद्धार भने अड्किएकै अवस्थामा छ । अपहरित मध्येका भोजपुर दिङला नजिकै घर हुने महेन्द्रकी श्रीमती अम्विका खड्गी अर्को बिहान फोनमा भन्दै थिइन्- 'एक महिनादेखि यो रुवाबासी र हैरानी सुरु भएको हो । यस बीचमा अपहरणकारीको धम्की फोनमा सुनेका भरमा ऋणपान गर्दै १३ लाख रुपैयाँ पठाइसक्यौं । तर आफ्ना मान्छे अझै घर फिरेका छैनन् ।' अम्विकाका अनुसार, अज्ञात नम्बरबाट फोन आएपछि सुरुमा आफ्ना मान्छे -श्रीमान महेन्द्र) लाई कुटपिट गरिएको आवाज सुनाउने र त्यसपछि हिन्दीमा यति पैसा नपठाए मान्छे मारिदिने धम्की आउने गरेको रहेछ । यही स्थिति रहेछ- अरु तीन घरपरिवारको पनि । केही वर्षयता युएईको दुबईमा होटल सेवाको काममा रहँदै आएका यी चार नेपालीले बेहोरेको दुर्दान्त दैनिकीको कथा परराष्ट्र मन्त्रालय, कन्सुलर तथा कानुनी परामर्श शाखाले पनि सुनिसकेको छ । तर उसले बढी गर्ने भनेको टर्की मामला हेर्ने सम्बद्ध कूटनीतिक नियोग अथवा इजिप्टको नेपाली नियोगसम्मलाई पत्राचार गरेको हुनुपर्छ । तर यी सर्वसाधारण नागरिकहरू अन्तर्राष्ट्रिय मानव तस्करीको फन्दामा परिरहेको त्रासदीपूर्ण क्षणबारे भने कहीं कतै कोही पनि गम्भीर बनेका देखिन्नन् । अपहरित होमबहादुरका भाइ लीलाबहादुरले वैदेशिक रोजगार विभागसहित उद्धार संयन्त्रमा काम गरिरहेका राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायमा दिएको निवेदनमा कुनै प्रकारको आर्थिक सहयोगको अपेक्षा गरिएको छैन । केवल जीवनरक्षाका निम्ति र उद्धार गरी घर फिर्ता ल्याउनका लागि उनले अपिल गरेका छन् । किनभने अपहरणकारीको धम्की र त्यसले निम्त्याएको त्रासका कारण १०/१२ लाख रुपैयाँको अनुपातमा यी हरेक घरपरिवारले पैसा बुझाइसकेका छन् । आफूहरू बिचल्ली स्थितिमा रहेकोबारे जानकारी गराइसकेर पनि सहयोग-समन्वयको स्थिति नरहेपछि यी चारैजनाका परिवारले आफन्त घर ल्याउन टिकट शुल्कको पैसा -१ ल्ााख रुपैयाँका दरमा) पनि पठाइसकेका छन् । यसरी आफ्नै प्रयास र बलबुतामा यी नागरिक घर फर्किएर आउनसकेको अवस्थामा भने उद्धार संयन्त्रमा काम गर्ने भनिएका राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायको 'हकदाबी' सुरु हुनसक्छ, अहिलेलाई कोही अघि सर्न चाहँदैनन् । यो सधैंको स्वाभाविक प्रक्रिया पनि हो ।

उद्धार संयन्त्रमा काम गर्दै आएको प्रवासी नेपाली समन्वय समितिकी अधिकृत पार्वता अधिकारीका अनुसार, वैदेशिक रोजगारीका पछिल्ला बेथितिमा राष्ट्रियभन्दा बढी अन्तर्राष्ट्रिय घटनाक्रमहरू बढी देखापर्न थालेका छन् । मानव तस्करी, अपहरण वा बन्धकका यस्ता घटनाबारे दैनिकजसो समितिको कार्यालयमा निवेदन पर्नथालेको छ । इराक, अफगानिस्तानजस्ता सुनिएका -तर प्रतिबन्धित) गन्तव्यमात्रै होइन, अहिले आएर अपि|mकी मुलुक अथवा टर्की, कजाकिस्तान, युक्रेन, इन्डोनेसिया आदि मुलुकमा पुगेर बिचल्ली बन्नेहरूको अनौठो सूचना र उद्धारका निम्ति आवेदन प्राप्त हुने क्रम बढेर गएको छ । 'यस्ता जटिल समस्याको सुनुवाइ र उद्धार संयन्त्र स्थापनाका निम्ति सरकारी पहलको खाँचो देखिएको छ,' पार्वता भन्छिन् ।

इस्तानबुलबाट जीवनरक्षाको हारगुहार गरिरहेका होमबहादुर जिरेलका दाइ लीलाबहादुर यो भाकाको निवेदन बोकेर कहाँ जाने ? वैदेशिक रोजगार विभागमा पुग्दा परराष्ट्रको कन्सुलर जाउ भनिन्छ । कन्सुलरले परराष्ट्र मन्त्रालयको कुनै शाखातिर औंलो तेस्र्याउला । त्यहाँबाट वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड अथवा आईओएम ? अन्तिममा इजिप्टको दूतावासमा फोन गरेर बुझ्नुस् भनिएला । रेमिट्यान्सको हिसाब-किताब आइन्जेल सबै कुरा ठीकठाक हुन्छ । तर अलपत्र, बिचल्ली, संकट, उद्धारको अवस्था आएपछि एउटा निम्छरो नागरिकका छेउमा उभिने कोही छैन । त्यही भएर होमबहादुर, अच्युत, राजु र महेन्द्रका घरपरिवारले सिधै अपहरणकारीलाई सम्बोधन गरेर, उसैले भनेको ठाउँठेगानामा खुरुखुरु भनिएको असुली-रकम पठाइरहेका हुन् । यसबेला कहाँ छ प्रहरीको अनुसन्धान, इन्टरपोलको सम्पर्क अथवा यो राज्यको संयन्त्र ? भाग्य चिठ्ठाजस्तो बनेको वैदेशिक रोजगारीमा गैरहेका हरेक नागरिकले गर्ने अहिलेको साझा प्रश्न यही हो

Published on: 21 May 2013 | Kantipur

Back to list

;