s

२७ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार साउनदेखि माघसम्म कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा २७.१ प्रतिशतले बढी हो ।

गत वर्षका यस अवधिमा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.४ प्रतिशतले बढेर ५ अर्ब ३० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाा) लिने नेपालीको संख्या ३ लाख १४ हजार ७६७ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५७.३ प्रतिशतले बढी हो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ ।

Published on: 13 March 2023 | Kantipur

Link

Back to list

;