s

२२ प्रतिशतले गुमाए रोजगारी

काठमाडौं : कोरोना भाइरसका कारण नेपालमा २२.५ प्रतिशतले रोजगारी गुमाएका छन्। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरेसँगै रोजगारी गुमाउने क्रम सुरु भएको हो। 

केन्द्रीय तथ्यांक विभागका अनुसार नौ लाख प्रतिष्ठानमा ३४ लाख कर्मचारी कार्यरत छन्। साढे दुई लाख प्रतिष्ठान छन्। कोरोनाले अर्थतन्त्र चलायमान हुन नसकेपछि उद्योगी÷व्यवसायीले कर्मचारी कटौती गर्दै आएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले समेत कोरोना भाइरसका कारण १५ लाखदेखि २० लाख श्रमिकले रोजगारी गुमाउन सक्ने तथ्यांक सार्वजनिक गरेको थियो।  अध्ययनअनुसार १८.२ प्रतिशतको पारिश्रमिक कटौती भएको छ।

चार महिनाको अवधिमा अर्थतन्त्र खुम्चिएपछि प्रतिष्ठानले रोजगारीबाट हटाउनुका साथै पारिश्रमिकसमेत घटाएका छन्। यसले गर्दा श्रमिकललाई साँझबिहान हात मुख जोड्न धौधौ भएको छ। राष्ट्र बैंकले कोभिड–१९ ले ५२ जिल्लाका ६ सय ७४ उद्योगी÷व्यवसायीबीच अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा सर्वेक्षण गरेको थियो। प्रतिवेदनअनुसार उद्योगी÷व्यवसायीले पछिल्लो समय खर्च जोगाउन कर्मचारी कटौती गर्न थालेका छन्।

प्रतिवेदनअनुसार कर्मचारी कटौती भएकामध्ये अस्थायी र करारका कामदार दुई तिहाइभन्दा धेरै छन्। यसमा सबैभन्दा धेरै होटल तथा रेस्टुरेन्ट कर्मचारी र कामदार कटौती गरेको देखिएको छ। यस अवधिमा घरेलु उद्योग र लघु उद्यम÷साना खुद्रा व्यापारले अन्यको तुलनामा धेरै कर्मचारीरकामदार कटौती गरेको पाइएको छ। तलब कटौती गर्नेमा होटल तथा रेस्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन्। यस्तै, ठूला उद्योग÷व्यवसायले अन्यको तुलनामा धेरै तलब कटौती गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ।

लकडाउन अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण वा आंशिक रूपमा सञ्चालनमा रहेका थिए भने, ६१ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा बन्द रहेका पाइएका छन्। यसबीचमा सर्वेक्षणमा संलग्न उद्योग÷व्यवसायले झण्डै एक चौथाइ कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ। यसरी कटौतीमा पर्नेमा अस्थायी र करारका कामदार दुई तिहाइभन्दा धेरै छन्। सोही अवधिमा उद्योगव्यवसायले औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेका छन्। बन्दाबन्दीमा ९६.७ प्रतिशत उद्योग÷व्यवसायको उत्पादन र कारोबार ७३.८० प्रतिशतले घटेको पाइएको छ।

Published on: 6 August 2020 | Annapurna Post

Link

Back to list

;