s

२१ कामदार साउदीमा बिचल्ली

 
रोजगारदाता कम्पनीले पारिश्रमिक नदिँदा रोजगारीका लागि साउदी अरब आएका २१ जना नेपाली बिचल्लिमा परेका छन् ।
 
दमामस्थित अलसत्रायत कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ती नेपाली कामदारले आठ महिनाको पारिश्रमिक नपाएको बताएका छन् । रोजगारदाता कम्पनीले गत वर्ष जुलाइदेखि हालसम्मको पारिश्रमिक नदिएको उनीहरुले जानकारी दिए । उनीहरु काठमाडौंको स्काइवे म्यानेजमेन्ट प्रालि, डिएचआर डेस्टेनी हुमन रिसोर्स र न्यू एसभी इन्टरनेशनलमार्फत साउदी आएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।
 
Published on: 17 February 2016 | Nagarik
 

Back to list

;