s

२० देश कटाएर अमेरिका पुर्‍याउने डंकर!

अरबको धूपबाट जोगाएर ल्याएको ८ लाख उम्रिएर सपनाको फल लाग्छ कि भनेर दसतिर छर्दा स्वाहा भइसकेको थियो। कहाँबाट जुटाउनू आधा करोड रूपैयाँ!

आफन्त, नरनाता भएजत्तिको दैलो चहार्दा उनले ४८ लाखको वचनको त पाए, तर पैसा जुटिहाल्ने विश्वास थिएन।

नसोचेको भयो!

'यहीँ व्यापार–व्यवसाय गर्छु, इलम–उद्यम गर्छु भनेको भए कसले पैसा दिनु! अमेरिका जाने भनेपछि जसले पनि पैसा दिइहाल्दो रहेछ। म दिइहाल्छु नि भन्ने मानिसहरू निस्किनुभयो, तुरून्तै ४८ लाखको वचन पाएँ,' लक्ष्मणले भने, 'विदेश धकेलिन कति सजिलै मानिसले अरूको साथ पाउँदो रहेछ भनेर त्यसपछि पो थाहा पाएँ!'

Published on: 8 April 2024 | Setopati

Link

Back to list

;