s

२ नेपाली महिलाद्वारा बेरुतमा आत्महत्या

प्रताप विष्ट

लेवनानस्थित बेरुतमा कार्यरत दुई नेपाली महिलाले साता अन्तरमा आत्महत्या गरेका छन् । वैदेशिक रोजगारी क्रममा घरेलु कामदारका रूपमा बेरुत पुगेका सोलुखुम्बु सल्यान ४ की २५ वर्षीया शान्ति राई र काभ्रेपलाञ्चोक पनौती ९ की रेनुका जर्घामगरले घरपेटीको पीडा सहन नसकी एक साताबीचमा आत्महत्या गरेका हुन् । ४४९४४५२ राहदानी भएकी राईले मंगलबार र मगरले आइतबार आत्महत्या गरेको सम्बन्धित घरधनीले दाबी गरेका छन् । बेरुतको यन्तीजेस जदैहस्थित घरेलु कामदारका रूपमा कार्यरत यी दुई महिलाको आत्महत्या हो कि, हत्या यकिन गर्न नसकेको बेरुतमा कार्यरत वैदेशिक रोजगार सामुदायिक संस्थाका विनोद उप्रेतीले बताए । 

२ वर्षअघि यहाँ घरेलु कामदारका रूपमा पुगेका दुई महिलाको रहस्यमय तरिकाले मृत्यु भएको छ, उनले भने । घरमा काम गर्ने राईले पसलमा आत्महत्या गरेको देखाएको छ । मगरको शव बुधबार नेपाल पठाइसकेको छ भने राईको भने अहिलेसम्म पठाएको छैन । आत्महत्या गरेको भनिएका दुवैको घरमा कार्यरत नेपाली शुक्रबार विरोध प्रदर्शन गरेका छन् । हत्यालाई आत्महत्या गरेको भन्ने र आत्महत्या गर्न बाध्य गराउने यी दुई किसिमका घरधनील्ााई कारबाही गर्न त्यहाँ कार्यरत नेपालीले माग गरेका छन् । मानसिक, शारीरिक र यौनशोषण तथा दुव्र्यवहारका कारण धेरै घरेलु कामदार महिलाले आत्महत्या गरेका छन् ।

यौनदुव्र्यवहारको निवेदनमात्र संस्थामा प्रत्येक महिना सरदर १० भन्दा बढी पर्ने गरेको उप्रेतीले बताए । नेपाली महिला कामदारको बेरुतमा मासिक रूपमा २ भन्दा बढीको मृत्यु हुने गरेको छ । नेपाली महिला घरेलु कामदार बेरुतमा ८ हजार ३ सय ३३ कार्यरत छन् । महिलालाई यहाँ वैधानिक, अवैधानिक दुवै तरिकाले ल्याइएको छ । अधिकांशले मासिक रूपमा सयदेखि १ सय ५० डलरसम्म पाउँछन् ।

Published on: September 2012 | Kantipur

Back to list

;