s

भुटानीलाई तीस हजारमा नेपाली नागरिकता

गाविस सचिवलाई तीस हजार 'घुस' दिएर भुटानी शरणार्थीले नेपाली नागरिकता लिएको खुलेको छ। केन्द्रीय अनुसन्धान व्युरोले नेपाली राहदानी र नागरिकता लिएका एक भुटानी नागरिकलाई पक्राउ गरेपछी अन्य भुटानीले समेत गाविस सचिवको सहयोगमा नागरिकता र राहदानी बनाएको खुलेको हो। 

व्युरोका अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा झापा बेलगाडी-२ वस्ने जीतबहादुर सुब्बासँग तीस हजार रुपैंया लिएर जिरोपानी गाविसका सचिव विष्णु पौडेलले नागरिकता बनाइदिएको खुलेको छ। व्युरोले १५ गते सुब्बालाई नेपाली राहदानी र नागरिकतासहित बालुवाटारमा पक्राउ गरको थियो। अनुसन्धानकोक्रममा उनले झापा खुदुनाबारी-२ मदनपुर ठेगानामा २०६७ चैत १३ गते नेपाली नागरिकता लिएको खुलेको थियोगाविस सचिवलाई तीस हजार 'घुस' दिएर भुटानी शरणार्थीले नेपाली नागरिकता लिएको खुलेको छ।
 
अनुसन्धान गर्दैजाँदा उनका बाबु हर्कलाल सुब्बाले डेढ वर्ष अगाडि ५० हजार खर्च गरेर नेपाली नागरिकता बनाएको र जीतबहादुरले सोही आधारमा नेपाली नागरिकता लिएको देखिएको व्युरोका अनुसन्धान अधिकृतले बताए। प्रहरीका अनुसार भुटानी शरणार्थीको तथ्यांक अनुसार उनी १९९२ नोभेम्बर १८ मा भुटानी शरणाथी शिविरमा दर्ता छन्। व्युरोस्रोतका अनुसार उनको बाबुसँग समेत उही गाविस सचिवले पैसा लिएर नागरिकता बनाइदिएको खुलेको छ। नागरिकताको आधारमा जीतबहादुरले २०११ डिसेम्बर २७ मा एमआरपी राहदानी समेत लिएका थिए।
 
व्युरो अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय झापाको रेकर्ड अनुसार जितबहादुर सुब्बाको नाममा जारी भएको ०४१००९/१०७० नम्बरको नागरिकता झापाका प्रेमबहादुर दर्जीको छोरा मंगल दर्जीको नाममा जारी भएको उल्लेख छ।
'उनले राहदानीका लागी जिल्ला प्रशासन कार्यालय झापावाट नै सिफारिस लिएको देखिन्छ'व्युरोका प्रमुख उपेन्द्रकान्त अर्यालले भने' सोही सिफारिसको आधारमा राहदानी विभागले उनलाई ०५७७१०७३ नम्बरको एमआरपी राहदानी उनकै नाममा जारी भएको देखियो।' पक्राउ अभियुक्तको बयानवाट अधिकांश भुटानी शरणार्थीले नेपाली नागरिकता र राहदानी बनाएको खुलेपनी विवरण भने फेला परेको छैन।
 
ठगीमा पनि सक्रिय, व्युरो अधिकारीका अनुसार सुब्बा नौ वर्षमा भुटानवाट नेपाल आएका थिए। उनले वातावरण विज्ञानमा स्तानकसम्म अध्ययन गरेका छन्। उनी भुटानी शरणार्थीहरुलाई तेस्रो मुलुक पुर्नस्थापना गर्नेक्रममा अमेरिमा जाने तयारीमै रहेको बेला पक्राउ परेका हुन्।
 
व्युरो अधिकारीका अनुसार पक्राउ अभियुक्तवाट उनी सहित जागिरमान लामा आकाश राई भनिने लालबहादुर राई र पदमलाल मिश्रको समुहले भुटानी शरणार्थीको परिचय पत्र बनाइदिएर क्यानडा, अमेरिका पठाइदिने प्रलोभन देखाएर गैर भुटानीलाई ठगी गरेको समेत खुलेको छ। जागिरमान भुटान पिपुल्स पार्टीको उपाध्यक्ष हो। 
 
व्युरोका अनुसार सो टोलिले गैर भुटानीलाई भुटानी भएको प्रमाणीत गरी १५ बढीलाई क्यानडा पठाइसकेको समेत खुलेको छ। 
व्युरोले उनको जानकारीको आधारमा अनुसन्धान अगाडि बढाउँदै उनलाई नागरिकता किर्तेगरी राहदानी लिएको अभियोगमा कार्वाहीका लागी आइतवार महानगरीय प्रहरी परिसर काठमाडौं बुझाएको छ।
 
Published on: 30 April 2012 | Nagarik

Back to list

;