s

१८ जिल्लाका १३ हजार घर सार्ने तयारी

सरकारले भूकम्प र पराकम्पबाट जोखिममा परेका सयौं बस्ती अस्थायी रूपमा सार्न स्थान तय गरेको छ। भूकम्पपीडित स्वयंले आ श्रय स्थल बनाउने गरी ठाउँ उपलब्ध गराउने निर्णय सरकारको छ।
 
कर्कटपाताका लागि सरकारले दिने १५ हजार रुपैयाँले नै नयाँ सारिएको स्थानमा आफ्नो बासस्थान बनाउनुपर्ने तथा बस्ती सार्न सिफारिस गरिएको ठाउँ निजी जमिन भए त्यसको भाडा भने सरकारले तिरिदिने भएको छ।
 
जोखिमपूर्ण स्थानमा बसोबास गरे पनि अन्यत्र सुरक्षित स्थानमा जमिन भएका व्यक्तिलाई सरकारले तयार गरेको ठाउँमा सारिनेछैन। जोखिम घटेपछि फेरि पुरानै स्थानमा फर्कनुपर्ने सर्त राखेर सरकारले बस्ती सार्ने निर्णय गरेको हो।
 
सरकारले १८ जिल्लाका १३ हजार घरधुरी सार्ने र करिब ६६ हजार जनतालाई अस्थायी बास दिने भएको हो।
 
धादिङबाट १ हजार ६ सय ४२ घरधुरी, गोरखाबाट २ हजार ८२ घर, ललितपुरबाट ६७ घर, लमजुङबाट ५१, ओखलढुंगाका १ सय ३, सिन्धुलीका ८ सय ५, सोलुखुम्बुका १ हजार ७ सय ३६, रामेछापका ५ हजार ५ सय ४८ र मकवानपुरका १ हजार २ सय ३८ सहित दोलखा, काठमाडौं, काभ्रे, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकका जोखिमपूर्ण स्थानका घर सार्ने निर्णय गरेको छ।
 
गत सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयसमेतको सहमति र अनुमतिमा सहरी विकास मन्त्रालयले तयार गरेको पीडित घरधुरी र बस्ती सार्ने सम्बन्धमा निर्णय गरेको हो।
 
बैठकमा मुुख्यसचिव लीलामणि पौडेलले यति धेरै बस्ती सार्ने निर्णय गर्नु आवश्यक नभएको तर्क गरे पनि गृहमन्त्री वामदेव गौतमले सरकारले प्रतिबद्धता गरेकाले बस्ती सारेरै छाड्ने अडान लिएका थिए।
 
बैठकमा सहरी विकासमन्त्री नारायण खड्काले धेरै मन्त्रालयसँग सल्लाह गरेर प्रस्ताव ल्याएको जानकारी दिएका थिए भने आपूर्तिमन्त्री सुनील थापाले तत्कालीन राजा महेन्द्रले धादिङको बस्तीलाई त्योबेला पनि महेन्द्रनगरमा सार्न सकेकाले अहिले नसक्ने भन्ने तर्क उचित नभएको बताएका थिए।
 
स्रोतका अनुुसार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बस्ती सार्दा आइपर्ने समस्या समाधान गर्न गृहमन्त्रीको अध्यक्षतामा सहरी विकासमन्त्री र स्थानीय विकासमन्त्रीको समिति बनाउने सुझाव दिएपछि उनकै सुझावअनुसार समिति गठन गरी बस्ती स्थानान्तरण गर्ने निर्णय भएको थियो।
 
सरकारले काठमाडौं जिल्लाका शंखरापुुरा नगरपालिकाको अहालडाँडाको पीडितबस्तीलाई लामबिसौना मानेमा, ढकाल गाउँबाट संन्यासी पौवामा, कार्कीटोलबाट पयौपानी, चौकीभन्ज्याङ र गोकर्णेश्वर नगरपालिकाको तारेभीरका पीडित बस्तीलाई आसपासका क्षेत्रमा स्थानान्तरण गर्ने भएको छ।
 
काभ्रेको बोल्देफिदिचे गाविसको बोल्दे टोललाई सोही बस्तीको उत्तरतिरको मन्दिर भएको ठाउँ र ठूलोपर्चेलमाथिको डाँडामा, पोखरी नारायणस्थान गाविसको मुकुचेको बस्तीलाई डोलोमाइट बउल्डरभन्दा माथितिरको जमिनमा, नाग्रेग्रोगर्जे गाविसका मादलेटोललाई सलम्बु क्षेत्रमा सारिनेछ।
 
त्यसैगरी च्यामराङबेसी गाउँका कुखुरेपानी, सानो दुर्लुङ, मौवाडाँडा, कल्याणसिंह, नागबेली, झिँगे र तामराङ क्षेत्रका जोखिमयुक्त बस्तीलाई छाङछाङ गाउँको माथिल्लो भागमा, खत्रीगाउँ दलचोक गाविसको ९, भट्टेडाँडा, काल्चेगाउँ दक्षिणको बस्ती, कालेश्वर गाविसको बतासेडाँडाका १३ घरधुरी, धरापडाँडाका २० घरधुरी, गुर्दुमडाँडाको बस्तीलाई जिल्लास्तरको समितिलाई सार्ने जिम्मेवारी दिइएको छ भने छोटीडाँडा देवीचौर गाविसको ७ नं वडालाई देउरालीस्थित दूधेश्वरी चौर, प्युटार गाविसको गोठभन्ज्याङ प्राविलाई नजिकको बागमती कोरिडोरमा, चौघरेका थिङटोल, थिङ डाँडाका १० घरधुरीलाई सिँगाने भन्ज्याङमा, चन्दनपुुर गाविसको पँधेराढुंगा र घोरल ढुंगाका ७ घर तथा काफल डाँडाका १५ घरधुरीलाई नमनडाँडामा, बुखेल गाविसका ८ नं वडाको सबै गाउँ र ९ वडाको २ घरलाई सरकारी गोठ र पोखरीचौर तथा वडा नं ६ मा सार्ने निर्णय गरिएको छ।
 
धादिङको रि गाउँका ५ वडाको रिचेत र गाम्राङ टादका १ सय १६ घरधुरीलाई धादिङको सदरमुकामपारिको सांकोष दामगाडे गाउँको निजी जग्गामा, दामगाडेमा रीको ९ वडाको अन्दर, कराङ र चेप्राङका बस्तीलाई पनि सारिनेछ।
 
रिचेतकै थप ६० धरधुरीलाई सोही गाविसको कच्यातमा सार्ने, रीको ७ नं वडा ताजिमम्राङ गाउँका घरधुरीलाई री गाविसकै वाङचेत, ङलुङ, यामुच्यात, भरच्यात र गोसाङमा सारिनेछ।
 
लापा गाविसका १, ३, ६ र ७ नं वडाका कपुरगाउँ, झाँक्रीटोल, लामाटोल, कुप्चेत, रिचेत, नेवारको आधा बस्ती, तायुङ र भ्रमताङका १५९ घर परिवारलाई संकोष कुुमालगाउँको निजी जग्गामा सारिनेछ।
 
लापाकै २ नं वडाका छम्राङ, चपाङचेत, तिङचेत, तेन्चेत र कप्चेतका १०३ परिवारलाई सांकोष गाविसको धन्सार पाखाको निजी जग्गामा, लापा २ कै चपाङचेत र छुम्रुङका थप ३८ परिवारलाई सोही गाउँको देजोङ डाँडा सारिने भएको छ।
 
सोही वडाको कच्चेत र तेन्चेतको आधाबस्तका ५२ परिवारलाई लापाकै खोर्सानीच्यातमा र ३ वडाको नेवारको आधाबस्तीका २९ परिवारलाई लापा गाउँकै पोर्कोडाँडामा लगिनेछ।
 
तिप्लिङ गाविसको १ र ८ वडाका सिम्पले, कामी गाउँ र दुर्पाङका २७ घरधुरी सोही गाउँको स्वास्थ्य चौकी आसपासको खाली जमिनमा, सेर्तुुङ ८को खर्चगाउँका १२५ घर र ९ वडाको हिन्दुङका ९४ घरलाई सोही गाविसको भोर्लेखर्कमा, झालिङ गाविसको ८ वडामा पर्ने क्युुङ, थलो कन्द्राङ, गोरगाङ, च्यामथली र छापचेतका १ घरलाई सोही गाविसको गर्जो गाउँमा सारिँदै छ।
 
धादिङकै दार्खा गाविस ८ धार्ना, सत्यदेवी गाविसका ४, ५, ६ र ७ नम्बर वडा तथा गुम्दीको ३ नै वडामा पर्ने तल्लो मम्मई र वर्दान तथा ५ नै वडाको अम्मोटेका पीडित परिवारलाई सार्ने स्थानबारे सरकारले टुंगो गरेको छैन।
 
तर अन्य बस्ती सार्दा दार्खा र सत्यदेवी गाउँका पीडितलाई पनि जिल्ला दैवीप्रकोप उद्धार समितिले स्थान निर्धारण गरी सार्ने निर्देशन सरकारले दिएको छ।
धादिङकै फुलखर्क गाविसको ९ वडा मजुवासेसीका १५ परिवार, बसेरी गाविस १ को दलित बस्तीका ५२ परिवार तथा २ वडाको ठूलो मंसिरे र ७ वडाको राईगाउँका पीडितको जिम्मा पनि स्थानीय दैवीप्रकोप उद्धार समितिलाई दिएको छ।
 
धादिङकै सल्यानटार गाविसका ८ र ९ वडाका घर, मार्पाक गाविसका ३ वडाका लिामिडाँडा, पोल्चेत, बल्लो थला, बेंसीटोल अर्चले, ७ वडाका केराबारी, बोराङका पीडितलाई नयाँ बस्तीमा सार्ने निर्णय गरे पनि ठाउँ खोज्ने जिम्मा स्थानीय समितिलाई नै दिएको छ।
 
तर गोगनपानी गाविसको तीनघरे गाउँ, जोगीमारा गाविस भर्पाङका पीडितलाई सोही गाविसको ७ ठिङमाङवरपर र महादेवस्थानको लाइपुरखर्कका बासिन्दालाई सोही गाविसको भवनको आसपास क्षेत्रमा सार्ने निर्णय गरिएको छ।
 
दोलखा निर्वाचन क्षेत्र नं १ का गौरीशंकर गाविस १ वेदिङका बासिन्दालाई ना गाउँमा, ४ वडा रिंगुबाट सिमीगाउँ सिरानमा र वडा नं ५, ६, ७, ८ र ९ का बासिन्दालाई टासिनाम माथिगाउँको जैसार स्थान्तरण गरिनेछ।
 
खारे गाविसको १ र २ वडा मन्थली र तल्लोमानेका बासिन्दाई केवर र वेपुङमा, वडा नं ४ र ५ कसेरीको बस्तीलाई पुयुडाँडा र डाँडाखर्क, ६ वडा मानेडाँडाको बस्तीलाई माथिल्लो मानेडाँडा र पातल ७, ८ र ९ वडाको बस्तीलाई गुम्बाडाँडा, घुन्सा सारिने छ।
 
मार्बु गाविसको ६, ७, ८ र ९ वडाका जोखिमयुक्त बस्तीलाई सोही गाविसको ५ वडाको सिरान लेकमा सारिनेछ भने १ वडाको गोंगटाको बस्तीलाई सोही वडाको सुरक्षित ठाउँ तथा ३ वडाको भस्मेका बासिन्दालाई ४ नं वडामा मा सारिनेछ।
 
चंखु गाविसका १, २ र ३ वडाका बासिन्दालाई यार्सामा ४, ५, ६, ७ र ८ वडाका पीडितलाई जयन्तीपुर तथा ९ वडाको दोर्जेका बासिन्दालाई नागदिङ सारिने भएको छ।
 
त्यसैगरी सुरी गाविसको १ र २ वडाका मस्दिङ, किपत, तेर्से, दमैडाँडा र डाँडागाउँका जोखिमपूर्ण बस्ती पात्ले, डल्लेढुगामा सारिने, ३ वडाको चेविरको बस्ती नक्पागाउँमा र सोही वडाको मार्वुडाँडाको बस्ती तथा ५ वडाका यम्बा, दगर र धैयाबारीको बस्ती इविथानमा सारिने भएको छ।
 
झ्याँकु गाविसको १ नं वडा ओखरभोटेको बस्ती घट्टेपु, वासामा, ३ वडाको झांग्रेली बस्ती, सर्सेपुडाँडामा, ६ वडा फलाटेको बस्ती झ्याकु तामाङ गाउँमा, ५ वडाको महतारा तल्लोभागको बस्ती कोलडाँडामा, ७ र ८ वडाको बस्ती सर्सेपुमा र ९ वडाको बस्ती फेदी भन्ने ठाउँमा सारिने छ।
 
जुगु गाविसको लुक्वा, सार्कीगाउँ, उखुवारी, कसेरी, दाखा, फाल्टुक, राजपुर र चेत्पुका बासिन्दालाई यार्साडाँडामा, गैरी गाउँका बासिन्दालाई सोही गाउँको माथिल्लो भागमा सारिनेछ।
 
क्षेत्रपा गाविसको मूलाबारी, बसेरी र शीतलबस्तीका बासिन्दालाई काब्रे गाविसको देउरालीमा सार्ने, पाखरीबारी र यवोको तल्लो भेगका बासिन्दालाई ५ र ६ वडाको सुरक्षित ठाउँमा सारिनेछ।
 
नाम्दु गाविसको सिरुवानीचौर, बनगाउँ, माझीबस्ती र बालुवाचौरका बासिन्दालाई घिमिरेटार, अम्बेडौरे छाप र मार्वुटारमा स्थानान्तरण गरिनेछ।
 
त्यसैगरी काब्रे गाविसका फाप्लु र सार्की गाउँकालाई सीताको थानमा सार्ने, जिरी नगरपालिकाका माली, घुम्सा, यलुङ, सर्वखासाका बासिन्दालाई रोसी, सरकारी खर्क र यलुङडाँडा सार्ने, खोल्मेका बासिन्दालाई धुसुने सार्ने, ठूलोपाताल र झिसेपुका बासिन्दालाई सुर्केमा र खानीगाउँका बासिन्दालाई पाइलेमा सारिनेछ।
 
मिर्गे गाविसको खानीगाउँका पीडितलाई पाइलेमा, ढाडे, पस्तलेकालाई भन्ज्याङ डाँडामा, खड्का टोल तारेभीरकालाई बीचटोलमा सार्ने निर्णय भएको छ।
गौरीमोदी गाविसका खरिस्वाँरा र थापाटोलका बासिन्दालाई टारमा झुलेको ढोलीखोला क्षेत्रकालाई कागते, छौंडेमा, भीरकोट गाविसको अँधेरीखोला, कुखुरे खोला क्षेत्रकालाई गैरीमुदी गोपीखोला पाखो क्षेत्रमा लागिनेछ।
 
त्यसैगरी जफे गाविसको बनगाउँ, पुरानो गाउँ, चनौटे र राम्चेका बासिन्दालाई छौंडे, डुँडेमा, मालु गाविसका गहते, ओडारे, बाहुन गाउँ, केहटिनी र प्यातलका बासिन्दालाई डाँडागाउँमा लगिने भएको छ।
 
सहरे गाविसका कल्लेरीबासीलाई भेटेछापमा, देवीथानबासीलाई गुरुङको बारीमा, निमुवाबारी दलितबस्तीलाई पीपलडाँडामा र उकाली, फाफरस्वाँरा, पाटीटोललाई पनि पीपलडाँडामा तथा कल्लेरीबासीलाई तल्लो सहरेटोलमा सारिने भएको छ।
 
च्यामा गाविसको गफ्लेबासीलाई गोतामेचौरमा, महेन्द्र उच्चमावि ढिकीचौरबासीलाई टुँडिखेल पोखरेमा सार्ने, हावा गाविसका कागुने, न्यौपानी, देउराली र जोपानीको बस्तीलाई डाङडुङे डाँडा जोरमानेमा सार्ने, पवटी गाविसका दियालेखर्क, देउराली, जामुने र दोबटेको बस्ती थालडाँडा तीनचुरियामा सार्ने तथा पाँडेछाप, बाख्रेछापबासीलाई टारको पाखामा लगिनेछ।

Published on: 3 July 2015 | Annapurna Post
 

Back to list

;