s

१६ महिनासम्म पनि आएन साउदीबाट शव

 सिन्धुली – १६ महिनाअघि साउदी अरबमा रोजगारका सिलसिलामा ज्यान गुमाएका सिन्धुली क्यानेश्वर २ का उत्तरमान स्याङतानको शव नेपाल झिकाउन नसक्दा परिवार चिन्तित भएकाख छन् ।
 
साउदी अरबमा अवैधानिक रुपमा काम गर्दैगर्दा अचानक ज्यान गुमाएका स्याङतानको शव नेपाल ल्याउन कानुनी समस्या परेको हो । म्यानपावरले भनेको काम र ज्यालासमेत चित्तबुझ्दो नभएपछि फरक कम्पनीमा काम गर्दा स्याङतानको ज्यान गएपछि १६ महिनादेखि शव नेपाल ल्याउन विभिन्न प्रयत्न गरिए पनि नसकिएको मृतक स्याङ्तानकी श्रीमती कमलामायाले बताइन् । 
 
Published on: 20 February 2016 | Annapurna Post
 

Back to list

;