s

१६ हजार युवालाई सीपमूलक तालीम

सरकारले आर्थिक विपन्न १६ हजार युवालाई सीपमूलक तालीम दिने भएको छ । युवालाई स्वरोजगार गराउने उद्देश्यले गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई सीप मुलक तालिम दिने भएको हो ।
 
पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताउनुभयो । 
 
उपत्यका बाहिरका ४६ वटा जिल्लाका युवालाई भने तालीम शुरु गरिसकिएको छ । उनीहरुलाई छोटो अवधिको तालीम दिई रोजगारीमा लाग्न र स्वरोजगार बनाउनका लागि तालीम दिन थालिएको उहाँले बताउनुभयो । 
 
यो तालीम एसएलसी पास नगरेका १६ देखि ४० वर्ष उमेर समूहलाई दिन लागिएको हो । युवालाई विल्डिङ इलेक्ट्रिसियन, इण्डिष्ट्रियल इलेक्ट्रिसियन, मोटरसाइकल सर्भिस, मेकानिकल, जुनियर कम्प्युुटर हार्डवेर टेक्निसियन, मोबाइल मर्मत, भारतीय कुक, ब्यूटिसियन जस्ता तालीम दिइने परियोजना प्रमुख पाण्डेले बताउनुभयो । 
 
इभेन्टले विश्व बै‍ंकसँगको सहकार्यमा पाँच वर्षभित्र देशका एक लाख १५ हजार युवालाई तालीम दिने जनाएको छ । अहिलेसम्म ८७ हजार पाँच सय युवालाई छोटा सीपमूलक तालीम दिइसकेको इन्भेन्टले जनाएको छ । रासस
 
Published on: 18 March 2018 | Ujyaaloonline

Back to list

;