s

१५ हजार तिरे एक दिनमै पासपोर्ट

काठमाडौं– दक्षिण एसियामै सबैभन्दा महँगो पासपोर्ट शुल्क लिँदै आएको सरकारले द्रुत सेवाका नाममा थप शुल्क बढाएको छ । राहदानी तत्काल आवश्यक परेको तोक आदेश बढेपछि त्यसलाई निरुत्साहित गर्न र चुस्त सेवा दिन भन्दै सरकारले थप शुल्क निर्धारण गरेको हो । द्रुत मार्गबाट राहदानी लिनेलाई ५ हजार थप शुल्क लिएको सरकारले पुन: एकै दिनमा, भोलिपल्ट र तीन दिनमा दिने भन्दै क्रमश: १५, १२ र १० हजार शुल्क तय गरेको हो । आफ्नै जिल्लाबाट नियमित रूपमा पासपोर्ट लिए यसअघिकै ५ हजार मात्र शुल्क लाग्नेछ । १० वर्षसम्मका बालबालिकालाई सबै सेवामा आधा शुल्क मात्र लाग्ने राहदानी विभागले जनाएको छ । बढी शुल्क लिएर न्यून गुणस्तरको राहदानी उपलब्ध गराउँदै आएको सरकारले थप शुल्क लिएको भन्दै परराष्ट्र अधिकारीहरूले नै असन्तुष्टि जनाएका छन् । विभागले लगेको प्रस्ताव छलफलै नगरी मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको उनीहरूले बताए ।
 
Published on: 17 June 2016 | Kantipur

Back to list

;