s

१५ हजारलाई स्वदेश फर्काइने

सरकारले मलेसियामा गैरकानुनी हैसियतमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउने प्रक्रिया थालेको छ। यहाँस्थित नेपाली दूतावासले गैरकानुनी हैसियतमा रहेकालाई ४ महिनाभित्रै स्वदेश फर्काउन 'कोपरसी काउन्टर' स्थापना गरेको छ।

दूतावासले मलेसियाली अध्यागमन विभागका पूर्व कर्मचारीहरूको संगठन 'कोपरसी इमिग्रेसन मलेसिया बर्हाड' (कोप्रिम) सँग समन्वय गरेर दूतावासभित्रै काउन्टर स्थापना गरेको हो। 'गैरकानुनी हैसियतमा रहेका सबै नेपालीलाई सहजै फर्काउन उनीहरूसित समन्वय गरेका हौं,' राजदूत निरञ्जनमान सिंह बस्न्यातले भने, 'बुधबारदेखि सेवा सुरु भएको छ। अब डिसेम्बर ३१ सम्ममा करिब १५ हजारलाई फर्काउँछौं।' 

उनका अनुसार काउन्टरमा संगठन सम्बद्ध ४ जना कर्मचारीहरू पोसाकसहित उपस्थित हुनेछन् र उनीहरूले स्वदेश र्फकन चाहनेलाई आवश्यक कागजातसहित अध्यागमन कार्यालय पुर्‍याउनेछन्। त्यसरी फिर्ती पास पाएपछि गैरकानुनी हैसियतका कामदार स्वदेश र्फकन पाउनेछन्।

दूतावासले यसबारे मंगलबार एक सूचना जारी गर्दै गैरकानुनी हैसियतका नेपालीलाई यात्रा अनुमतिपत्र लिन र घर र्फकन यथाशीघ्र दूतावास आउन अनुरोधसमेत गरेको छ। घर र्फकन चाहने त्यस्ता हैसियतका नेपालीले घरफिर्ती हवाई टिकट, जरिवाना रकम र फिर्ती पासका लागि बढीमा १ हजार ३ सय ४० रिंगिट (करिब ४० हजार रुपैयाँ) काउन्टरमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ। 

तर उक्त सूचनामा फिर्ती पास र जरिवाना रकम कति लाग्छ, भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन। कतिपयले कामदारलाई घरफिर्ती टिकट बाहिर आफैंले किन्नबाट वञ्चित गरिएको भन्दै टिकटसहित रकम समावेश गरेर लिनुले राम्रो सन्देश नजाने बताए। 

रकमभित्र कामदारले अध्यागमनमा पास लिन जाँदा लाग्ने यातायात सुविधासमेत पाउने बताइएको छ। 'अध्यागमन कार्यालयमा फिर्ती पास लिन जाँदा लाग्ने यातायात खर्च पनि त्यसैभित्र हो,' राजदूत बस्न्यातले भने, 'अब दलालमार्फत सेटिङमा धेरै रकम तिरेर नजाऊन्, नेपाली नठगिऊन् भन्ने नै हाम्रो सरोकार हो।' 

कामदारले यसअघि दलालमार्फत 'सेटिङ' मा घर र्फकन ३ हजार रिंगिटभन्दा बढी (करिब १ लाख रुपैयाँ) खर्चंदै आएका थिए। हालसम्म करिब हजार गैरकानुनी हैसियतका नेपाली स्वदेश फिरिसकेका छन्। यात्रा अनुमतिपत्र लिएका करिब हजार र्फकने तयारीमा रहेको दूतावासको तथ्यांक छ। 

दूतावासले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत प्राप्त २० लाख रुपैयाँले त्यस्ता सेन्टरमा रहेकामध्ये करिब डेढ सय नेपालीलाई उद्धार गरी स्वदेश फर्काइसकिएका जनाएको छ। अन्य स्थानीय विभिन्न कम्पनीहरूले पनि जेल तथा डिटेन्सन सेन्टरमा रहेका नेपालीहरूलाई घर फर्काउन आर्थिक सहयोग गर्दै आएका छन्।

Published on: 28 August 2014 | Kantipur

Back to list

;