s

१२ कक्षाका विद्यार्थीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण

जुना केसी

पोखरा लेखनाथ महानगरपालिका–१६ को विन्धवासिनी उच्च माविमा कक्षा १२ का विद्यार्थीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । 

१२ कक्षा पढेर विदेश जानेहरु धेरै देखिएको र नजानेहरुले पनि गाउँसम्म सूचना पुर्याउने भएकाले विद्यार्थीलाई अभिमुखिकरण गरिएको हो । सुरक्षित आप्रवासन परियोजना (सामी) द्वारा सञ्चालित सूचना तथा परामर्श केन्द्रले गरेको अभिमुखिकरणको संयोजन जिल्ला समन्वय सामिति कास्कीका महिला सदस्य गोमादेवी अधिकारी गौतमले गर्नुभएको थियो । 
 
५० जनाको सहभागिता रहेको कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुरा, विदेशमा अप्ठ्यारोमा पर्नबाट जोगिन अपनाउनुपर्ने सावधानी, अप्ठ्यारो पर्दा सम्पर्क गर्ने ठाउँ र सूचना केन्द्रले दिने सेवाका बारेमा जानकारी गराइएको थियो । 
 
Published on: 5 February 2018 | Ujyaaloonline

Back to list

;