s

युएईमा दिलबहादुर बचाउ अभियान

जिके दङ्गाली

अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएईले ‘दिलबहादुर बचाऔं’ अभियानमार्फत ब्लडमनि संकलन अभियान सञ्चालन गरिहेको छ ।  संयोजक दिलाराम ओलीले संकलित ब्लडमनि रकम ६ जुलाई २०१८ मा बुर दुबईस्थित सिल्भर स्पुन रेष्टुरेण्टमा पत्रकार सम्मेलमार्फत सार्वजनिक गर्ने तयारी भएको बताए ।

रोल्पा नगरपालिका – १० धबाङ निबासी दिलबहादुर घर्तीमगर वर्षाै दिनसम्म साउदी अरबको जेलमा जेल जीवन बिताइरहेका छन् । उनलाई जेलमुक्तको निम्ति अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएईले ‘दिलबहादुर बचाऔं’ अभियान थालेको हो । वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा कार्यरत रहको समयमा घर्तीमगरले चलाएको गाडीको ठक्करबाट सोही देशको नागरिकको मृत्यु भएको थियो । 
 
अदालतले घर्तीको ७५ प्रतिशत गल्ती देखाउँदै नेपाली करिव ६५ लाख रकम ब्लड मनिको फसैला गरेको छ । उक्त ब्लडमनि अदालतलाई बुझाउन नसकेकाले घर्तीमगरलाई आजीवन जेल जीवन बिताउन वाध्य भएका छन् । 
 
विभिन्न संघ संस्था तथा सेवा समाज लगायत सहयोगीहरुले  ‘दिलबहादुर बचाऔं’ अभियान मार्फत आवश्यक ब्लडमनि संकलन गरिरहेका छन् । 
 
Published on: 2 July 2018 | Annapurna Post

Back to list

;