s

१० महिनामा ११ खर्ब ९८ अर्बको रेमिट्यान्स भित्रियो

काठमाडौं : चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा करिब १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि हुँदा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ भित्रिएको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २३.४ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा रेमिट्यान्स १७१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो। १० महिनामा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो।

Published on: 11 June 2024 | Annapurna Post

Link

Back to list

;