s

१० लाख लिएर दलाल फरार

अफगानिस्तान लैजाने भन्दै दुई व्यक्तिसँग १० लाख रुपैयाँ उठाएर अर्को दलाल पनि फरार भएका छन् । 

काठमाडौं स्वयम्भूस्थित अमरचित्रकार रोड -घर नंम्बर ४३६) का प्रकाश धिमालले झापाका दिलबहादुर श्रेष्ठ र चन्द्रबहादुर बस्नेतसँग १० लाख लिएर फरार भएका हुन् । 'प्रकाशबाट अरू पनि पीडित छन्, व्यक्तिगत कारोबार गरेको हुँदा सबैको विवरण थाहा हुन सकेको छैन,' पीडित श्रेष्ठले भने, 'अहिले उनी सम्पर्कविहीन छ ।' 
 
पीडितहरू धिमालको घर जाँदा भाइ प्रदीप र भिनाजु कोन्जु लामाले ज्यान मार्ने धम्की दिने गरेको उनीहरूले बताए । उनीहरूले कारबाहीका लागि वैदेशिक रोजगार विभागसमक्ष उजुरी समेत दिएका छन् ।
 
Published on: 16 July 2012 | Kantipur

Back to list

;