s

०७२ सम्मका उजुरीका लागि नयाँ व्यवस्था गरिने

वैदेशिक रोजगार विभागले २०७२ साल असार मसान्तसम्म परेका उजुरी बारे ३५ दिने सूचना निकाली फर–फारक गर्न व्यवसायीहरुलाई आव्हान गर्ने भएको छ ।

यसअघि २०७२ साल माघ २२ गते मन्त्री स्तरीय निर्णयबाट सूचना निकाली २०६९ साल असार मसान्तसम्मका उजुरी फरक फारक गर्ने मौका दिइएको थियो । म्यानपावर कम्पनीहरुले त्यतिखेर सूचना निकाल्दा उजुरीकर्ता सम्पर्कमा नआएका उजुरी तामेलीमा राखेको थियो । अव २०७२ साल असार मसान्तसम्म परेका उजुरी विगतको जस्तै राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर सम्पर्कमा नआउने उजुरीकर्ताको उजुरी तामेलीमा राखिने छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले संघले निरन्तर रुपमा माग गरिरहेको र विभाग २०७२ साल असार मसान्तसम्म परेका उजुरी सम्वन्धमा सूचना निकाली फरफारक गर्ने र फर–फारक नभएका उजुरी तामेलीमा राख्ने विषयमा सकारात्मक रहेको बताए ।

Published on: 16 July 2018 | Madhyanha

Back to list

;