s

‘बेचबिखनविरुद्धको महासन्धि परिमार्जन गर’

कान्तिपुर संवाददाता 
 
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले १३ वर्षअघि पारित गरेको मानव बेचबिखनविरुद्धको महासन्धिलाई समयानुकूल परिमार्जन गर्न अधिकारकर्मीले माग गरेका छन् । उक्त महासन्धि संकुचित रहेको र सबै प्रकारका मानव बेचबिखनलाई समेट्न नसक्ने भएकाले आगामी शिखर सम्मेलनमा परिमार्जन गर्नुपर्ने उनीहरूको भनाइ छ । 
 
काठमाडौंमा सन् २००२ मा सम्पन्न ११औं शिखर सम्मेलनले ‘वेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिकाको बेचबिखनविरुद्धको सार्क महासन्धि’ पारित गरेको थियो । मानव बेचबिखन वेश्यावृत्तिका लागि मात्र नभई श्रम प्रवासन, अंग प्रत्यारोपण, मनोरञ्जनलगायत क्षेत्रमा पनि फैलिएको छ । ‘२४औं महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान’ का सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा यस्तो माग आएको हो । सार्कको १९औं शिखर सम्मेलन नोभेम्बर २०१६ मा पाकिस्तानमा हुँदै छ ।
 
काठमाडौंमा सम्पन्न १८औं सम्मेलनले प्रवासनको एजेन्डा पारित गरेको छ । अधिकारकर्मी रेणु राजभण्डारीले दक्षिण एसियाबाट
अन्य मुलुकमा हुने बेचबिखनका लागि पनि सार्कले जिम्मेवारी लिएर काम गर्नुपर्ने बताइन् ।
 
Published on: 1 December 2015 | Kantipur
 

Back to list

;