s

इराकबाट शव ल्याइदिन आग्रह

आफन्तले इराकको वार्सामा भएको सवारी दुर्घटनामा श्रीमान्को मृत्यु भएको खवर दिए पनि आधिकारिक रूपमा कुनै निकायले जानकारी नदिएपछि पाँचकन्याकी गुना सुनुवार चिन्तासँगै अन्योलमा छिन् ।

३ वषर्ीय छोरा लिएर उनी श्रीमान् जीवनकुमारको यादमा रातदिन छट्पटाउँछिन् । पारिवारिक सम्बन्ध भएका एक दलालमार्फत जीवन ३ वर्षअघि २ लाख ८० हजार तिरेर इराक पुगेका थिए । गत मार्च १७ मा इरान-इराक सीमामा गाडी दुर्घटनामा उनको मृत्यु भएको इराकमै कार्यरत आफन्तले फोनमार्फत जानकारी दिएका थिए । २३ वषर्ीया उनले भनिन्, 'इराकमा पैसा कमाउन पुगेका श्रीमान्को दुर्घटनामा मृत्यु भएको खबर आए पनि विश्वास गर्न सकेको छैन ।' 

जीवन लगायतलाई केही युवालाई अवैधानिक रूपमा मुख्य एजेन्ट श्रीकुमार राईले इराक पुर्‍याएको सुनुवार परिवारले बताए । मृतक जीवनका बाबु वेदबहादुरका अनुसार सहायक एजेन्ट धनकुटा -पहिले पाँचकन्या ठिंगाबारी बस्ने) का बमबहादुर थापाले इराक लैजानेबारे चाँजोपाजो मिलाएका थिए । श्रीकुमार त्यस बेला इराकमै कार्यरत रहेको रकम भने प्रतिव्यक्ति सरदर तीन लाख रुपैयाँका दरले राईका धरान बस्ने श्रीमती शान्ता राई -लिम्बू) लाई हात लगाएका थिए ।

Published on: 31 March 2013 | Kantipur

 

Back to list

;