६० हजार बेरोजगारलाई सरकारले सय दिन काम दिने

8 January, 2020

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सरकारले यो वर्ष ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने बताएका छन्।

मन्त्री यादवले ३ महिनामा मन्त्रालयले गर्ने कामहरु सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई एक सय दिनको रोजगारी दिने बताएका हुन्।

गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक लाख ८७ हजारले १३ दिनको रोजगारी पाएका थिए।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा खटिने श्रमिकहरूको दुर्घटना विमा गरिने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ।

त्यस्तै, तीन महिनामा १५ हजार रोजगारदाता र १ लाख योगदानकर्तालाई सामाजिक सुरक्षामा ल्याउने मन्त्रालयको लक्ष्य छ।

वैदेशिक रोजगारीको क्रममा अंगभंग भएका वा मृत्यु भएका हकवालाले स्थानीय तहबाटै सुविधा पाउने र वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतिय अभिलेखाङ्कन गर्ने मन्त्रालयको ३ महिने कार्य योजना छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024