३ करोड ७० लाख बाल श्रमिक जोखिमपूर्ण काममा

27 Apr, 2018

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले १५ देखि २४ वर्ष समूहका ५४ करोड श्रमिकमध्ये तीन करोड ७० लाख बाल श्रमिक जोखिमपूर्ण काममा संलग्न रहेको जनाएको छ ।

 

२५ वर्ष माथिका श्रमिकले ४० प्रतिशतभन्दा बढी ज्यान जाने प्रकृतिका व्यवसायजन्य चोटपटक बेहोर्ने गरेका छन् । युवा श्रमिकमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा जोखिम बढी हुनुमा शारीरिक र मनोवैज्ञानिक विकास क्रम, काममा अनुभवको कमी, अपर्याप्त तालिम, कार्यस्थलमा आउनसक्ने जोखिमबारे सचेतना अभाव,सौदाबाजीको सामथ्र्य नुहुनुलगायत कारण रहेको आईएलओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

सन् २०१८ को सुरक्षा दिवस अभियानमार्फत यी चुनौतीलाई सम्बोधन गर्न र युवा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सवालमा सुधार ल्याउन अत्यावश्यक भएको आईएलओका एसिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक तोमोको निसिमोतोले बताएकी छन् ।

 

युवा श्रमिकको सुरक्षा, स्वास्थ्यमा सुधार र बाल श्रम अन्त्यको आह्वान गर्दै यो वर्ष कार्यस्थलमा सुरक्षा र स्वास्थ्य वर्ष दिवस र बाल श्रम बिरुद्धको वर्ष दिवस एकै साथ मनाउन लागिएको छ ।

 

यो अभियानले दिगो विकास लक्ष को ८.८ अन्तर्गत सबै श्रमिकलाई सन् २०३० सम्म सुरक्षित र निश्चिन्त वातावरणमा काम गर्ने अवसर प्राप्त हुनेछ । दिगो विकास लक्षअन्तर्गत २०२५ सम्म सबै प्रकारका बाल श्रमको अन्त्य गर्न विभिन्न कार्यक्रम गरिने आईएलओले जनाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024