१० महिनादेखि गोले नेपालमै बेपत्ता

19 Apr, 2018

रौतहटको चन्द्रनिगाहापुरका पूर्णबहादुर गोले वैदेशिक रोजगारबाट काठमाडौं फर्किएको दश महिनासम्म घर नपुग्दा परिवार चिन्तित बनेका छन् । सन् २०१० देखि कुवेतमा काम गर्दै आएका पूर्णबहादुर अवैधानिक रुपमा कुवेत बसेपनि गत जुनमा उनी नेपाल फर्किएका थिए । १० महिना अघि स्वदेश फर्किएका गोले अझै घरपरिवारको सम्पर्कमा छैनन ।

 

फ्लाई दुबइको उडानबाट नेपाल आइपुगेको भन्दै घर परिवारलाई भ्वाइस म्यासेज गरेका गोले अझै पनि परिवारको सम्पर्कमा नपुगेपछि खोजीका लागि सम्बन्धित निकायलाई परिवारले आग्रह गरेका छन् । कुवेतमै केही समय काम गरेर हाल दुबइमा रहेकी पूर्ण बहादुरकी दिदी सम्झना गोलेले सन २०१० देखि कुवेतमा काम गर्दै आएका भाइ सन २०१७ को जुनमा नेपाल फर्किए पनि अझै घर पुग्न नसकेको बताइन् ।

 

परिवारमा एक मात्र छोरो भएका कारण पनि परिवार चिन्तित बनेको दिदी गोलेले बताएकी छन् । उनले आफ्नो भाइको खोजी गरिदिन सबैसंग आग्रह गरेकी छन् ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024