हङकङ र मकाउबाट ८२ नेपालीको उद्धार

28 June, 2020

अनोज रोक्का

हङकङ : हङकङबाट १९ र मकाउबाट ६३ जनासहित ८२ नेपाली स्वदेश फर्किएका छन्। हङकङ विमानस्थलबाट नेपाल एयरलाइन्सको ए ३२० न्यारो बडी विमानमार्फत उनीहरूको उद्धार गरिएको हो।

फर्किएका हङकङका नेपालीहरु स्थायी बासिन्दा हुन् भने मकाउका नेपालीहरु रोजगार भिषामा गएकाहरु हुन्। मकाउका ६३ जना नेपाली करिब डेढ घण्टाको पानीजहाजमार्फत हङकङ प्रवेश गरेका थिए। मकाउबाट नेपाल फर्किएका कामदार लाई हङकङ प्रवेश भिषा निशुल्क गरिएको थियो। एयरलाइन्सलगायत खर्च सम्बन्धित कम्पनीले ब्यहोर्ने भएको छ। हङकङका नेपालीहरु भने आफ्नै खर्चमा नेपाल फर्किएका हुन्।

नेपाल फर्कन चाहनेहरुले हङकङस्थित महावाणिज्यदूतावासले जारी गरेको स्वदेश फिर्ती आवेदन भरेका थिए। आवश्यक कागजात पुगेका हङकङका र मकाउका नेपालीलाई दूतावास र एनआरएनए मकाउको संयोजनमा स्वदेश फिर्ता गरिएको हो।

नेपालजान चाहनेहरु भिषा सकिएको, गम्भिर स्वाथ्य समस्या रहेको, सुत्केरी वा गर्भवती, बालबालिका, जेष्ठ नागरिक, रोजगारी विदा लगायतका समस्याहरु जनाएका थिए।

नेपाल हङकङ चार्टर फ्लाईटहरु भएपनि हङकङ र मकाउबाट नेपाल फर्किएको पहिलो हो। नेपाल फर्किएकाहरुलाई सरकारको नियम अनुसार होल्डिङ एरियाबाट सम्बन्धित प्रदेश वा क्वारेन्टिन वा होम क्वारेन्टिनमा पठाईने नेपाल एयरलाईन्स हङकङका कन्ट्रि म्यानेजर नवराज उपाध्यायले बताए।

हङकङ र मकाउका नेपालीहरुलाई लिनका लागि, नेपाल एयरलाईन्सको बिमान काठमाडौबाट नेपाली र चिनिया १५६ नागरिक बोकेर हङकङ अवतरण भएको थियो। उनीहरुसवैलाई हङकङ सरकारले १४ दिने सरकारी क्वारेन्टिनमा राख्नेछ।

नेपालमा कोरोनाको तिव्र संक्रमण फैलिरहदा हङकङमा कोरोना प्रभाव कम हुदै गईरहेको छ। कोरोनाको ईपिसेन्टर हङकङमा संक्रमण संख्या न्युन भएसँगै सार्वजनिक स्थल, विद्यालय, होटल, रेष्टुरेन्ट लगायतहरु निर्वादरुपमा सञ्चालनमा आएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024