सुडानमा नेपाली नागरिक सुरक्षित

25 April, 2023

काठमाडौँ, वैशाख १२ गते । सुडानमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि नेपाल सरकारले तदारुकताका साथ पहल थालेको छ । गत सातादेखि सुडानमा चर्किएको द्वन्द्वका कारण त्यहाँस्थित नेपालीको सुरक्षा र उद्धारका लागि सरकारले पहल थालेको हो ।

इजिप्टको कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका १९ जना नेपाली हालसम्म सुरक्षित रहेको मन्त्रालयले उल्लेख गरेको छ । अन्य नेपाली नागरिकलाई सम्पर्कमा ल्याउन आवश्यक पहल भइरहेको छ । शान्ति मिसनमा कार्यरत तीन जना नेपाली शान्ति सैनिक आइतबार अफ्रिकी मुलुक चाडतर्फ गएका छन् भने खार्तुमस्थित संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायमा कार्यरत सात जना नेपाली सोही दिन खार्तुमबाट युगान्डा जाने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

अप्रिल १५ देखि सुडानमा विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024