सीमा नाकाबाट दुई युवतीको उद्धार.

21 September, 2017

पश्चिमी सीमा नाका गडडचौकी हुँदै भारततर्फ जान लागेका बैतडी र मोरङका दुई युवतीको उद्धार गरिएको छ ।
 
बैतडीकी २३ र मोरङ भुर्कियाकी ४० वर्षीया युवतीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो । भारततर्फ जान लागेका दुवै जनासँग आवश्यक कागजात फेला नपरेपछि जोखिममा पर्न सक्ने भएकाले सीमा नाकामा रोकी अद्यावधिक गृहमा राखिएको माइती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले जानकारी दिनुभयो ।
 
बैतडीकी महिला रोजगारीका लागि बैंगलोरतर्फ जाँदै गरेको र मोरङकी महिला आवश्यक कागजात बिना वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक हिँडेको भेटिएपछि उनीहरुको उद्धार गरिएको उहाँले बताउनुभयो । दुवै युवतीलाई परिवारको जिम्मा लगाइने उहाँले बताउनुभयो ।
 
Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024