सामाजिक सुरक्षा कोषले एक करोडसम्म ऋण दिने

9 Nov, 2019

सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण दिने भएको छ।

शुक्रबार सिंहदरबारमा गैर सरकारी संस्था महासंघ, उपभोक्ता महासंघ, कर्मचारी संचय कोष लगायतका पदाधिकारीहसँगको छलफलमा मन्त्री बिष्टले विभिन्न शिर्षकमा कोषले १ करोडसम्म ऋण दिने बताएका हुन्।

‘सामाजिक सुरक्षाको कस्तो सिद्धान्त, कस्तो दर्शनमा आधारित छ भन्नेकुरा भन्दा पनि ऋण चाहियो त्यसपछि मात्र सामाजिक सुरक्षा कोषमा आउछौ भनेर एकदमै दवाव आएको कारणले ऋण प्रवाह गर्ने कार्यविधी हामीले तयार गरेका छौ,’उनले भने।

कोषले घरजग्गा लोनको लागि बढीमा १ करोड सम्म, शैक्षिक लोनको लागि बढीमा ३५ लाख सम्म लगायत लोनको व्यवस्था मिलाउने उनले जानकारी दिए।

‘यो सामाजिक सुरक्षाको सिद्धान्त र दर्शनअनुसार त होइन तर अहिलेको माग र चासोलाई सम्बोधन गरेका हौ,’ मन्त्री विष्टले भने।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024