साउदीमा नेपाली दुतावासद्वारा ई-पासपोर्ट सेवा सुरु

21 February, 2022

विष्णु घिमिरे

 

 

साउदी अरेबिया : साउदीमा नेपाली दुतावासले ई-पासपोर्ट सेवा सुरु गरेको छ। साउदी अरेबियास्थित नेपाली दुतावासमा रियाद र वाणिज्यदूत जेद्धाले विद्युतीय राहदानी ई–पासपोर्ट व्यवस्थाको लागि अनलाईनद्वारा आवेदन खुला गर्नुको साथै विद्युतीय राहदानी आवेदनका लागि आवश्यक पर्ने बिधिहरुको बारे आफ्नो अफिसल पेजबाट सार्वजनिक गरेको छ। 

प्रि–इनरोलमेन्टको अनिवार्यता, प्रि–इनरोलमेन्टको लिंक, विद्युतीय राहदानीका लागि आवेदन गर्नका लागि चाहिने कागजात तथा अन्य विवरण र राहदानी दस्तुर÷शुल्कसमेतको बारेमा सूचना सार्वजनिक गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024