साउदीमा कारले ठक्कर दिदा एक नेपालीको मृत्यु

29 March, 2018

साउदीमा दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । नुवाकोटको बिदुर ९ का रमेश भण्डारीको खाना खाएर काममा फर्किने क्रममा कारले ठक्कर दिएर मृत्यु भएको हो । 

 

झण्डै साढे दुई वर्ष अघि साउदी गएका रमेश खाना खाएर दुई जना साथीसहित काममा फर्किदै हुनुहुन्थ्यो ।  अल समिट म्यानपावरबाट ट्रक ड्राइभरको काममा साउदी जानुभएको थियो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024