साउदीमा अलपत्रलाई फर्कन टिकट

6 Nov, 2011

होम कार्की

नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरबले तीन जना महिलालाई टिकट उपलब्ध गराएको छ।

उसले नुवाकोटकी छलीमाया लामा, बुटवलकी रमा सुवेदी र मोरुङकी अन्जना साम्बाहाम्फेलाई स्वदेश फिर्न टिकट उपलब्ध गराएको हो । छलीमायालाई काठमाडौंस्थित जब ट्याक म्यानपावरले २२ महिना अगाडि पठाएको थियो । अस्पताल सफाइ भनेर श्रम स्वीकृति गराएको लामालाई सुलैमान अल हबिब मेडिकल सेन्टरमा लगाइएको थियो । पीडितका अनुसार स्पोन्सर र मेडिकल मालिकबीचको विवादले विरोजगार हुनुपरेको हो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024