साउदीबाट ३४ चार्टर्ड उडान हुने

27 September, 2020

विष्णु घिमिरे

साउदी अरेबिया : विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ताको लागी साउदी अरेबियाको जेद्धा, दमाम र रियाद शहरबाट ३४ चार्टर्ड उडान हुने भएको छ।

दुतावास रियादकाअनुसार हिमाल एयरलाइन्सले अक्टोबर महिनाको लागि दमाम शहरबाट २५ चार्टर्ड गर्नुको साथै नेपाल एयरलाइन्सले रियाद शहरबाट ५ उडान गर्ने भएको छ। सेप्टेम्वर २६ र २८ तारिखमा सलाम एयरलाइन्सले रियाद शहरबाट २ उडान गर्ने जनाइएको छ।

वाणिज्य दुतावास जेद्धा र रियाद दुतावासबाट हालसम्म स्वदेश फिर्ताको लागि तयार रहेका २६ हजार ४ सय ३६ जनाको नामावली सार्वजनिक गरेको छ। जेद्धा शहरबाट नेपाल एयरलाइन्सको २ उडान हुने भएको छ।

कोरोना भाइरसको असरबाट साउदीमा कार्यरत हजारौँ नेपालीले रोजगार गुमाएर स्वदेश फिर्ताको लागि तयार रहेका र विभिन्न कारणले अलपत्र परेका अवस्थामा नेपाल सरकारले स्वदेश फिर्ताको लागि चार्टर्ड उडानको व्यवस्था गरेपछि सहज हुने भएको हो। हिमाल एयरलाइन्सले रियाद शहरबाट नियमित उडानसमेत गर्ने जनाइएको छ। हालसम्म १० हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024