सांसदको प्रस्ताव: स्वदेश फर्किन चाहनेलाई ल्याएर बन्द होटलमा राखौ

6 May, 2020

सांसदहरुले विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले विदेशमा अलपत्र नागरिकलाई ल्याउन सरकारसँग अनुरोध गरेका हुन्।

बैठकमा बोल्दै नेपाली सांसद दिव्यमणी राजभण्डारीले रोजगारी,भ्रमण तथा अध्ययनका लाग विदेश गएका नेपालीलाई स्वदेश ल्याउनुपर्ने धारणा राखेका थिए।

कतिपय देशले अवैध रुपमा बसेका नेपालीलाई आममाफी दिएर नेपालसम्म पुर्‍याइदिने प्रस्ताव गरेको सन्दर्भमा सरकारले जसरी पनि त्यस्ता नागरिकलाई ल्याउनुपर्ने उनले बताउ।

‘कुवेतले अवैध बसेका ४५ सय नेपालीलाई आममाफी दिएको छ। उसले नेपालसम्म पुर्‍याइदिन्छु भनेको छ। आजसम्म २७ नेपालीले स्वदेश फर्किने भन्दै आवेदन दिइसकेका छन्। यसरी आफ्ना नागरिकलाई परदेशमा अलपत्र पार्नु त भएन नि’समिति बैठकमा उनले भने।

त्यस्तै सांसद पुष्पा भुषालले पनि विदेशमा रहेका नेपालीले स्वदेश आउनका लागि स्थानीय सरकारसमक्ष गुहार मागिरहेकाले सरकारले तत्काल पहल गर्नुपर्ने बताइन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024