‘सरकारले विदेशमा रहेका ५० लाख नेपालीको अभिभावकत्व ग्रहण गर्नुपर्छ’

25 Apr, 2020

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीका नेपालीको अभिभावकत्व ग्रहण गर्न सरकारलाई आग्रह गरेको छ। शनिबार विदेशमा रहेका ५० लाख नेपालीको वर्तमान स्थिति बारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेसले सरकारलाई यस्तो आग्रह गरेको हो। 

प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएपछि विश्वभरी छरिएर रहेका नेपाली प्रताडित भएको भन्दै यस्तो आग्रह गरेका हुन्। 

विदेशमा रहेका ५० लाख बढी नेपालीलाई अत्यावश्यक परे त्यसको अभिभावकत्व ग्रहण सरकारले गर्नुपर्नेमा कांग्रेसको जोड छ। ‘नेपाल देशले एकातर्फ नेपाल भित्र रहेका नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गर्दै लड्नु छ भने अर्कोतर्फ नेपाल बाहिर करिब ५० लाखको संख्यामा रहेका नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्नुछ’, शर्माले सार्वजनिक गरेको दृष्टिकोणमा भनिएको छ। 

शर्माले विदेशमा रहेका नेपालीको सम्बन्धमा सरकारले काम गर्दा सचेतना, राहत, उपचार र उद्धारलाई ख्याल गर्नुपर्नेमा जोड दिएका छन्। 

‘विदेशमा रहेका नेपालीबारे नेपाली कांग्रेसका तर्फबाट नेपाल सरकार समक्ष प्रधानमन्त्री एवं पराराष्ट्रमन्त्रीको तहमा पटक-पटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएका छन्’, प्रवक्ता शर्माले सार्वजनिक गरेको दृष्टिकोणमा भनिएको छ, ‘मुलतः बाहिर रहेका नेपाली बारे हाम्रो ४ आग्रह छः सचेतना, राहत, उपचार र उद्धार। ’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024