सरकारले कामदारलाई श्रम स्वीकृति र विद्यार्थीलाई नो अब्जेक्सन लेटर नदिने

13 Mar, 2020

सरकारले अर्को सूचना नभएसम्मका लागि वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको छ। विश्वव्यापी माहामारीको रूप लिएको कोरोना भाइरसको प्रकोप खाडी मुलुकहरू कतार, कुवेत, युएई, साउदी अरबसमेतमा फैलिएपछि सरकारले श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको हो। दैनिक १५ सय नेपालीले श्रम स्वीकृती लिँदै आएका थिए। त्यस्तै सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई ३० अप्रिल २०२० भित्र विदेश यात्रा गर्ने गरी नो अब्जेक्सन सर्टिफिकेट जारी नगर्ने निर्णय गरेको छ। दैनिक २ सय नेपाली विद्यार्थीले नो अब्जेक्सन लेटर लिँदै आएका छन्। शिक्षा मन्त्रालयले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर अनिवार्य गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024