सबै जनालाई ईपिएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश

2 January, 2024

उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो।

इपिएस परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार ललितपुरको ग्वार्कोमा प्रदर्शन भएको छ। त्यसक्रममा ग्वार्कोमा इपिएस परीक्षार्थीहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो।

त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024