श्रम कार्यालयबाट ३६ बिचौलिया प्रहरी नियन्त्रणमा

7 March, 2018

सर्वसाधारणलाई वैदेशिक रोजगार विभागको श्रम कार्यालयमा आवश्यकताभन्दा बढी रकम लिने बिचौलियालाई बुधबार प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको छ । 

 

सेवाग्राहीको अत्यधिक गुनासो आएपछि प्रहरीको टोलीले ताहाचलमा रहेको कार्यालय आसपासबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख विश्वराज पोखरेलले जानकारी दिनुभयो । 

 

नियम अनुसार काम गर्न सक्ने वातावरण बिचौलियाका कारण हुन नसकेको गुनासोको आधारमा बुधबार नियन्त्रणमा लिएको प्रमुख पोखरेलको भनाई छ । पक्राउ परेको ३६ लाई सार्वजनिक अपराध अन्तरगत मुद्धा चलाउने तयारी रहेको प्रहरी परिसरले जनाएको छ । 

 

Other News

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024