श्रमिक आपूर्तिका लागि मलेसिया र नेपालबीच संझौता

29 October, 2018

नेपाल सरकार र मलेसिया सरकारबीच श्रम संझौतामा हस्ताक्षर भएको छ। नेपाली श्रमिकलाई रोजगारीका लागि निःशुल्क मलेसिया लैजाने गरी आज संझौता भएको हो।

संझौता पत्रमा नेपालका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संसाधनमन्त्री मोहम्मद कुलसागरनले आज एक संझौता पत्रमा हस्ताक्षर गरेका छन्।

संझौतामा हस्ताक्षर भएसंगै गत जेठदेखि अवरुद्ध रहँदै आएको  मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया सुचारु हुनेछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024