श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त

30 May, 2018

नेपाली दूतावास मलेसियाले पुन नेपाली श्रमिकहरुको लागि कानुनी सहायता प्रदान गर्ने उदेश्यसहित वकिलको नियुक्ति गरेको छ । यसअघि भएको वकिलको अवधि सकिएपछि केही समय दूतावासमा वकिल थिएनन् ।

 

दुईमहिना अगाडि वोलपत्र आहृवान गरेको आवेदनको आधारमावकिलको नियुक्तगरिएको हो । ‘ल चेम्बरर्स अफ खरेन जीत एन्ड एसोसिएट्स’नामक ल र्फमलाई नियुक्त गरिएको नेपाली दूतावास मलेसियाले जनाएको छ ।

 

दूतवासले विज्ञप्ति जारी गर्दै जेल तथा डिटेन्सन क्याम्पमा बन्दी रहेका नेपाली नागरिकहरुलाईर् आवश्यक पर्ने कानुनी सेवा प्रदान गर्न वकिल व्यवस्था गरिएको जनाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026