शुक्रबार मात्र विदेशमा अलपत्र परेका ८९४ नेपालीको उद्धार

26 June, 2020

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण विदेशमा अलपत्र परेका र स्वदेश फर्किनुपर्ने बाध्यतामा रहेका ८९४ नेपालीको उद्धार गरिएको छ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार बहराइन, कुवेत, मलेसिया र यूएईबाट करिब ९ सयको संख्यामा नेपालीको उद्धार गरिएको हो। 

शुक्रबार काठमाडौं आइपुगेकामध्ये बहराइन, कुवेत, मलेसिया र यूएईमा अलपत्र रहेका नेपाली छन्। मलेसिया र बहराइनबाट दुई उडान र अन्य देशको एक उडानबाट उनीहरुलाई नेपाल ल्याइएको हो।

बहराइनबाट दुई उडानमा दुई सय ७०, मलेसियाबाट दुई उडानमा तीन सय ६ जना नेपाली काठमाडौं आइपुगेका छन्। त्यसैगरी कुवेतबाट १६० र यूएईबाट १५८ जनाको उद्धार गरिएको सेन्टरले जनाएको छ।

उद्धार गरिएका सबैलाई स्वास्थ्य परीक्षण एवम् स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार प्रदेश अनुसार तयार पारिएका होल्डिङ सेन्टरमा राखिएको छ।

होल्डिङ सेन्टरमा नेपाल आएका व्यक्तिको विवरण, स्वास्थ्य परीक्षण लगायत आवश्यक प्रक्रिया पूरा गरेर प्रदेशको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा पठाउने तयारी भइराखेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026