वैदेशिक रोजगार परामर्श केन्द्रमा छापा

17 March, 2018

वैदेशिक रोजगारीमा पठाउने भन्दै अवैध रुपमा ठूलो संख्यामा पासपोर्ट राखेर धन्दा चलाइरहेको एकसंस्थाका सञ्चालक सहित  चार जनालाई वैदेशिक रोजगार विभाग र प्रहरीको टोलीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र वैदेशिक रोजगार विभागको टोलीले काठमाडौंको बालाजुमा रहेको सरल वैदेशिक रोजगार परामर्श केन्द्रमा शुक्रबार छापा मारेर १ सय ३५ वटा राहदानी बरामद गरेको हो ।

 

प्रहरी वरिष्ठ उपरिक्षक दिवेश लोहनीका अनुसार सो केन्द्रका सञ्चालक कृष्ण केसी भन्ने टोपबहादुर महत सहितका ४ जनालाई पक्राउ गरिएको छ । महतले संकलन गरेका राहदानी विभिन्न म्यानपावरलाई दिएर  कमिसन लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेकोछ । तर, उक्त संस्था अवैध रहेको प्रहरीको भनाइ छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024