वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै १ करोड ८२ लाख बढी ठगी, दुई जना पक्राउ

8 July, 2025

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र संखुवासभाको खाँदबारी नगरपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन्।

पक्राउमध्ये लामाले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितबाट १ करोड ८० लाख ९३ हजार रुपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले लामालाई काठमाडौं महानगरपालिका-१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024